वैशाख २०, वैदेशिक रोजगारीका लागि कतार गएका एक नेपालीको मृत्यु भएको २६ महिनापछि मात्रै परिवारले खबर पाएको छ ।
महोत्तरीका उतिमलाल महतोको मृत्यु भएको खबर २६ महिनापछि मात्रै उनको परिवारले थाहा पाएको हो । २०६८ सालमा मिथिला म्यानपावरमा १ लाख ९५ हजार बुझाएर कतार पुगेका उतिमलालले दुई दिनपछि घरमा फोन गरेर आफूले काम सुरु गरेको जानकारी गराएका थिए ।
त्यसपछि उतिमलालले परिवारलाई सम्पर्क गरेका थिएनन् । उनिसँग सम्पर्क नभएको एक महिना दुई महिना होइन दुई वर्ष भइसकेको थियो । तर परिवारले न त उतिमलालको खोजी गर्न सक्यो न त खोजीदिने संस्थासम्म नै पुग्यो ।
उतिमलालकी आमा मती देवी र श्रीमती कविता देवीले भने हामीलाई विदेशमा हराएका व्यक्ति खोजिदिने संस्था छ भन्ने नै केहि थाहा थिएन त्यसैले उहाँलाई खोज्न सकेका थिएनौं ।
घरमा भएका छोराछोरी सधैँजसो आमा कवितासँग अरुका बुवा विदेशबाट आउँछन हाम्रो बुवा चाहिँ किन नआउनुभएको भनेर सोधिरहन्थे । कवितालाई छोराछोरीलाई पढाउने चिन्तासँगै घर चलाउने चिन्ता पनि त्यतिकै थियो ।
कमाउन गएका श्रीमान विदेशमा बेपत्ता भएपछि कविताले दाउरा बेचेर परिवार चलाउन थालिन् । तर दाउरा बेचेको पैसाले हातमुख जोर्न मात्रै ठिक्क भएपछि छोरीलाई पढाउन सकिएन् । त्यसैले छोरी अहिले स्कूल जान्न’ कविताले भनिन् ।
घर चलाउन धौ धौ भएपछि कविता श्रीमानको पर्खाइमा हुँदाहुँदै उतिमलालको भने नेपालबाट गएको दुई महिनामै मृत्यु भइसकेको थियो । कतार पुगेको दुई महिनामा विरामी भएका उतिमलाललाई अस्पताल कहाँ छ भन्ने पनि थाहा थिएन ।
त्यसैले अरु नेपालीसँग सोधखोज गरेर अस्पताल त पुगे । तर अस्पताल भर्ना भएको १० १५ दिनमै उनको मृत्यु भयो । तर उनको ज्यान गएको न त कसैले थाहा पायो न त कसैले भनिदियो । अस्पतालको जानकारीका आधारमा उतिमलालको ज्यान गएको खवर नेपाली दुतावाससम्म त पुग्यो तर १० महिनापछि मात्रै ।
अनि यो खवर नेपाल आइपुग्न २ वर्ष लाग्यो । २ वर्ष पछि दूतावासले उतिमलालको ज्यान गएको भन्दै परिवारलाई जानकारी गराउन जिल्ला प्रशासन कार्यालय महोत्तरीलाई पत्राचार ग¥यो । तर प्रशासनले भने उतिमलालको परिवारको खोजी गरेन ।
उतिमलाललाई खोजीरहेका परिवार सर्लाही मलंगवामा रहेको सूचना केन्द्रमा पुग्दा पनि उनका बारेमा केहि जानकारी पाएका थिएनन् । त्यहिबिचमा जनकपुरको एउटा रेडियोले उतिमलालको ज्यान गएको खबर भन्यो भन्ने हल्ला फैलियो गाउँमा ।
अहिलेसम्म त छोरो फर्किन्छ भन्ने आशा थियो आमा मति देवीलाई पनि । तर ज्यान गयो भन्ने हल्ला सुनेपछि अतालिँदै सूचना केन्द्रमा पुगिन । केन्द्रले दूतावाससँग बुझेपछि उतिमलालको ज्यान गएको पुष्टि भयो ।
ज्यान गएको खबर परिवारसम्म आइपुग्दा उतिमलालको शव आधा भन्दा धेरै गलिसकेको थियो । गलेकै भएपनि शव ल्याइदिन श्रीमती र आमाले आग्रह गरेपछि केन्द्रले उतिम लालको शव गएको २०७२ वैशाख ६ गते नेपाल ल्याएर दाहसँस्कार गरियो ।
उतिम लालको ज्यान गएपछि आर्थिक समस्यामा परेको उतिमलालको परिवारलाई वैदेशिक रोजगार प्रबद्धर्न वोर्ड र बीमा कम्पनीले ८ लाख रुपैयाँ क्षतिपूर्ति दिएको छ ।-
DCnepal


0 comments
प्रतिक्रिया दिनुहोस्...