-->
भारतीय घुसपेठ रोक्न सेना परिचालन गर्ने सरकारको गोप्य तयारी !

काठमाडौं, ३० वैशाख । गृह मन्त्रालयले तराई मधेसकेन्द्रित प्रमुख दलसहित संघीय गठबन्धनको आह्वानमा हुन लागेको जेठ २ गतेको सिंहदरबार घेराउ कार्यक्रममा घुसपेठ हुनसक्ने भन्दै मातहत सुरक्षा निकायलाई ‘अलर्ट’ गराएको छ ।
गृहले अनुहार मिल्ने विदेशी नागरिकको घुसपैठ र नियोजित घटना प्रमुख सुरक्षा चुनौती बन्नसक्ने निष्कर्ष निकालेको समाचार विहीबारको नागरिक दैनिकमा दीपक खरेलले लेखेका छन् ।
सरकारको विपक्षमा रहेका केही राजनीतिक दलले समेत आफ्ना कार्यकर्तालाई प्रदर्शनमा घुसपेठ गराएर आन्दोलन भड्काउने रणनीति बनाउनसक्ने सूचना प्राप्त भएको गृहले जनाएको छ । ‘प्रदर्शनकारीको भिडमा मिसिएर आयातित मान्छेले प्रहरीलाई बल प्रयोग गर्न उक्साउने र आन्दोलन भड्किए सरकारी दमनका नाममा तराई मधेसका जिल्लामा आन्दोलन चर्काउन मद्दत पुग्ने योजना आन्दोलनरत पक्षको छ,’ गृह उच्च स्रोतले भन्यो ।
गृह मन्त्रालय मातहत रहेका तीनै सुरक्षा निकायका इन्टिलिजेन्ससहित नेपाली सेनाको गोप्य सूचनामा कार्यक्रममा सहयोगका लागि नेपालसँग सीमा जोडिएका भारतका उत्तर प्रदेश र बिहारका नेतासँग मधेसकेन्द्रित दलले आग्रह गरेको उल्लेख छ । तराई मधेसका जिल्लाबाट काठमाडौं आउने प्रदर्शनकारीको समूहमा उनीहरूलाई मिसाएर आन्दोलन हिंसात्मक बनाउने रणनीति रहेको निष्कर्ष गृहको छ ।
‘मधेसकेन्द्रित दलका नेता र सांसदसमेत भारतीय समकक्षीसँग निरन्तर सम्पर्कमा रहेको र आन्दोलनमा सहयोगका लागि आग्रह गरेको सूचना प्राप्त भएको छ,’ स्रोतले भन्यो ।
गृहलाई प्राप्त गोप्य सूचनापछि नेपाल–भारत सीमाका नाकामा समेत चौबिसै घन्टा अर्लट रहन सुरक्षा निकायलाई निर्देशन दिइएको छ । नाकामा खटिने प्रहरी र सशस्त्र प्रहरीले समूहमा हुल बाँधेर आउने नागरिकको विशेष जाँच गरिरहेका छन् । यस्तै आन्दोलन क्षेत्रबाहेक उपत्यकाका तीनै जिल्लामा रहेका प्रहरी युनिट, गण र राष्ट्रिय अनुसन्धान विभागलाई गत आइतबारदेखि नै आन्दोलनकेन्द्रित रहेर योजना बनाउन गृहले निर्देशन दिएको छ ।
आवश्यक परे सेना परिचालन हुने
सिंहदरबार घेराउको बहानामा देशभित्रका कुनै पनि जिल्ला र उपत्यकामा नियोजित घटना हुनसक्ने आकंलन गरेको गृहले जे पनि हुनसक्ने वा केही हुन नसक्ने भन्दै आवश्यक देखिए नेपाली सेनालाई समेत आन्दोलनको क्षति न्यूनीकरणका लागि सडकमा ओराल्ने तयारी गरेको छ । जिल्ला प्रशासन कार्यालयअन्तर्गत रहने सुरक्षा समितिले स्थानीय प्रशासन ऐन २०२८ अनुसार आन्दोलन भड्किए तत्काल सेनालाई टेकओभर गर्नसक्ने अधिकार दिने तयारी गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा सादा पोसाकका अनुसन्धान अधिकारीले प्रमुख जिल्ला अधिकारीको निर्देशनमा आन्दोलनमा कमभन्दा कम बल प्रयोग गर्ने पहिलो योजना गृहको छ । आन्दोलन हिंसात्मक हुने संकेत देखिए लाठीचार्ज र अश्रुग्यास प्रयोग गर्ने, बल प्रयोगगर्दै ढुंगामुढा गर्न थाले गिरफ्तार र गोली हान्नसक्ने अधिकार प्रजिअलाई दिएर कार्यक्रम संयमित बनाउने तयारी गृहको छ ।
महानगरीय प्रहरी कार्यालय, सशस्त्रको उपत्यका पृतना र नेपाली सेनाको उपत्यका पृतनाले सहयोगी भूमिकामा र जिल्लाका तीनै सुरक्षा निकाय आन्दोलनको पहिलो पंक्तिमा रहने जनाइएको छ । यसअघि विभिन्न समयमा भएका सिंहदरबार घेराउलगायत कार्यक्रममा अभ्यासबिनै सुरक्षाका लागि खटिँदै आएको सुरक्षा निकायले यसपटक आन्दोलनको साताअघि


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.