-->
दिल्लीबाट फर्किएका अमरेश कुमारले गरे पत्याउनै नसकिने घोषणा, दुई दिनपछि…

काठमाडौं, २२ वैशाख । नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले दुई दिनभित्र नयाँ सरकार गठन हुने घोषणा गरेका छन् ।
सभापति शेरबहादुर देउवासँगै दिल्ली गएर फर्किएका सिंहले पत्याउनै नसकिने गरी दुई दिनभित्र नयाँ सरकार गठन हुने घोषणा गरे । उनले भने- ‘ओलीले आजै राजीनामा दिनु उपयुक्त हुन्छ । अविश्वासको प्रस्ताव लैजाने वातावरण नबनाउन् भन्ने हाम्रो चाहना हो ।’
नेकपा एमालेका नेताहरुले वैशाख २६ गते सरकारको नीति तथा कार्यक्रमको सार्वजनिक गरेरमात्रै ओलीले सरकार छाड्ने बताइरहेका बेला अमरेशले भने पत्याउनै गाह्रो कुरा बोलेका हुन् ।
नेता सिंहले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अबको दुई दिनभित्र देशको नयाँ प्रधानमन्त्री बन्ने ठोकुवा गरे ।
आज विहान मात्रै एमाओवादीको स्थायी समिति बैठकले वर्तमान सरकार ढालेर प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको थियो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.