काठमाडौं–एमाओवादी अध्यक्ष प्रचण्डले दुई वर्षभित्र ठूलै पार्टी बनाउने भन्दै विभिन्न घटकमा छरिएका माओवादीहरुलाई जुटाउन अभियान चलाइरहेका बेला आफ्नै पार्टीभित्र भने पदको लफडा सुरु भएको खबर छ ।
मोहन वैद्य किरणलाई बहुमत हटाएर क्रान्तिकारी माओवादीका अध्यक्ष बनेका रामबहादुर थापा ‘बादल’ भन्दा आफू बरिष्ठ हुनुपर्ने भन्दै नारायणकाजीले लफडा सुरु गरेका छन् ।
एमाओवादी पार्टीमा समेत नारायणकाजीलाई दोस्रो बरियता दिनुहुँदैन भन्दै लबिङ सुरु भएपछि उनी आत्तिएको खबर छ ।
अकुत सम्पति कमाएका भनेर अख्तियारले अनुसन्धान गरिरहेका कृष्णबहादुर महरा पनि वादललाई दोस्रो बरियतामा पार्टीमा राखेर आफू महासचिव नबस्ने भन्दै लबिङ गरिरहेको स्रोतको दावी छ । आजको साँघु साप्ताहिकमा खबर छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...