-->
४० देशले भारतलाई बहिस्कार गर्ने, मोदीलाई ठूलै झड्का

एजेन्सी– भारतमा आफ्ना विद्यार्थी असुरक्षित रहेको भन्दै भारतस्थित ४० देशका राजदूतको बैठकले गरेको निर्णयका कारण भारत तनाबमा परेको छ ।
भारतमा आफ्ना विद्यार्थी सुरक्षित नरहेको भन्दै ४० अफ्रिकी मुलुकका राजदूतले भारतमा हुन लागेको अफ्रिका सम्मेलन बहिस्कार गर्ने चेतावनी दिएका हुन् ।
भारतमा जातिवादी आक्रमण बढेकाले उनीहरुले आफ्ना विद्यार्थी भारत नपठाउने र सम्मेलनसमेत बहिस्कार गर्ने निर्णयमा पुगेपछि विश्वसामू भारतबारे गलत संदेश जाने भारतीय संचार माध्यमले जनाएका छन् ।
नेपाल, पाकिस्तान, चीन, बंगलादेश, माल्दिभ्स, श्रीलंका लगायतका छिमेकी देशसँग भारतको सम्बन्ध बिग्रिरहेका बेला एकैपटक ४० अफ्रिकी देशले यस्तो निर्णय गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारलाई ठूलै झड्का लाग्ने बुझिएको छ ।
गएका केहि वर्षमा भारतमा अफ्रिकी विद्यार्थीहरु विरुद्ध अकारण रंगभेदी सांघातिक हमला भइरहेका घटनापछि अफ्रिकी राष्ट्रहरुले चिन्ता व्यक्त गर्दै यस्तो निर्ण गरेका हुन् ।
भारत सरकारको आयोजनामा मे २६ मा अफ्रिका दिवस मनाउन लागिएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.