१. एलर्जीको औषधि नखानेः
यौन सम्पर्क गर्नुअघि औषधि खानाले यौनरसमा नास आउन सक्छ । जसले सेक्सलाई तपाईको यौन जीवजन निकै नै पीडादायक बनाउँछ । एलर्जीको औषधि खाने गर्नुभएको छ भने यौन आनन्द मज्जा लिइसकेपछि खाने गर्नुहोस ।
२. बढी मदिरा नखानेः
हल्का मदिरा खाँदा मुडमा आउन सजिलो हुन्छ । तर, बढी खानुभयो भने यसले तपाईंको क्षमता घटाइदिन्छ ।
३. मसलायुक्त खानाः
मसलायुक्त खानाले पेट ढुस्स हुन्छ । ढुस्स पेट लिएर सेक्समा उत्साहजनक रूपमा सरिक हुन सकिँदैन । त्यही भएर हल्का खाना खाएर सेक्समा सरिक हुनुपर्छ । मसालेदार खानाले योनीमा नराम्रो गन्ध सिर्जनासमेत गराउने विभिन्न अनुसन्धानले देखाएका छन् ।
४. लसुन–प्याज नखानेः
काँचो लसुन–प्याज खाँदा मुख गनाउँछ । गनाउने मुखले सेक्सका क्रममा उत्तेजना र रोमाञ्चक अनुभूति घटाइदिन्छ । त्यही भएर लसुन–प्याज खाएर सेक्स गर्न नजाने । खाइहालेमा ल्वाङ, सुकुमेल आदि चपाउने गर्नुपर्छ ।
५.सेभ नगर्नेः
सेक्स पार्टनरलाई आकर्षित गर्न महिलाहरूले सेक्सअघि हात, खुट्टा, योनी आदिका रौँ खौरिने गर्छन् । तर, सेक्स गर्नुभन्दा एक दिनअघि यस्तो सेभ गर्नुभयो भने सेभका कारण उत्पन्न एलर्जी र लागेको घाउ भोलिसम्म निको भइसकेको हुन्छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...