-->
चट्याङका कारण ६४ जनाको मृत्यु, मर्ने बढी किसान

ढाका, २ जेठ, बङ्गलादेशमा बिहीबार र शुक्रबार आँधीपूर्व परेको चट्याङमा परी ६४ जनाको ज्यान गएको यहाँका स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।
बङ्गलादेशको ग्रामीण इलाकामा परेको चट्याङका कारण मृत्यु हुनेमा प्राय हिउँदेबाली जम्मा गर्न खेतबारीमा काम गरिरहेका किसानहरु परेका बङ्गाली भाषाको पत्रिका प्रोथोम अलो र सामाकालले आफ्ना प्रकाशनमा उल्लेख गरेका छन् ।
मृतकको सङ्ख्याबारे स्वतन्त्र रुपमा पुष्टि भएको छैन ।
बङ्गलादेशी विज्ञहरुका अनुसार बढ्दो वनविनास र टेलिफोनलगायतका धातुजन्य सामग्रीको प्रयोगका कारण चट्याङबाट मृत्यु हुन पुगेको बताएका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.