-->
५६ जना यात्रु लिएर १० जना चालकदलका सदस्यसहित उडेको विमान दुर्घटनाग्रस्त पूरा विवरण केहिबेरमा

जेठ ६ – (अपडेट) सम्पर्क बिहीन भएको इजिप्ट एयरको विमान ग्रिसको दक्षिणी क्षेत्रमा रहेको समुद्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको समाचार संस्था एएफपीले जनाएको छ ।
फ्रान्सको राजधानी पेशिसबाट इजिप्टको राजधानी कायरोका लागि उडेको इजिप्ट एयरको एयर बस ए ३२० ग्रिसको आइसल्याण्ड कारपथोस नजिकको समुद्रमा दुर्घटनाग्रस्त भएको ग्रिसको नागरिक उड्डयन विभागलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।
ग्रिसको रक्षा मन्त्रालयले विमान दुर्घटनाग्रस्त भएको क्षेत्रमा दुई वटा विमान पठाइएको जनाएको छ । कारपथोस आइसल्याण्डबाट एक सय ३० माइल पर समुद्रमा विमान दुर्घटनाग्रस्त भएको हो ।
५६ जना यात्रु र १० जना चालकदलका सदस्यसहित उठेको फ्लाइट एमएस ८०४ को विमान नेपाली समय अनुसार बिहीबार बिहान साढे ६ बजेदेखि सम्पर्क बिहीन भएको हो । ११ हजार तीन सय मिटर माथिको उचाइमा उडिरहेका बेला विमान राडारसँग सम्पर्क बिहीन भएको हो ।
विमानमा सबै भन्दा धेरै ३० जना इजिप्टका यात्रु छन् । इसतै फ्रान्सका १५, इराकका दुई तथा बेलायतका एक नागरिक रहेको इजिप्ट एयरले जनाएको छ । यस्तै क्यानडा, बेल्जियम, कुवेत, साउदी अरेबिया, अल्जेरिया, सुडान, चाड तथा पोर्चुगलका नागरिक पनि विमानमा छन् ।
– एजेन्सीको सहयोगमा


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.