-->
यी युवतीले विवाह अगाडि नै सेक्स गरेपछि…

लन्डन, १९ वैशाख । विवाहभन्दा पहिला सेक्स गर्ने विषयमा एक पाकिस्तानी महिलाले लेखेको लेखले सोशल मिडियामा नयाँ बहस सुरू भएको छ । जेहरा हैदरको ‘वाइस’ पत्रिकामा प्रकाशित ‘पाकिस्तानमा विवाह अघिको सेक्सबाट मैले के सिके’ भन्ने शीर्षकको लेखले पाकिस्तानमा बिबाद उत्पन्न भएको हो ।आफ्नो १९औँ जन्मदिनभन्दा केही अगाडि टोरन्टोमा बस्दै आएकी हैदरले पाकिस्तानमा विवाह पूर्वको सेक्स अनुभवका विषयमा बताएकी छिन् । विवाह अगाडि आफूले गरेको सेक्सका विषयमा घरपरिवारमा थाहा भएपछि बाबुआमाको कडा प्रतिक्रिया आएको उनले बताएकी छिन् ।
हैदरले लेखेकी छिन्, ‘मैले सेक्स गरेको थाहा हुनेवित्तिकै बाबुआमाले एकदमै नाटकीय र तर्कहीन तरिकाले विवाह अगाडिको सेक्स गर्नु हुँदैन भन्ने प्रतिक्रिया आयो ।’ उनले पाकिस्तानमा सेक्स प्रतिबन्धित विषय रहेको पनि बताएकी छिन् ।
पाकिस्तानमा पुरुषहरूले महिलालाई दबाएर राखेका हुन्छन् भन्ने उनको भनाइ छ । हैदरले विवाह अगाडि पुरुषले गर्ने सेक्सका विषयमा समाज मौन रहेको बताएकी छिन् । तर, मध्यम वा गरिव परिवारकी युवतीले विवाह अगाडि सेक्स गरेको थाहा पाइएमा कडा कारबाही हुन्छ ।
पाकिस्तानमा युवतीले आफू ‘भर्जिन’ रहेको प्रमाणसमेत दिनुपर्ने प्रावधान रहेको हैदरीले आफ्नो लेखमा उल्लेख गरेकी छिन् ।
– बीबीसीबाट साभार


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.