मंगलबार, २१ बैशाख,
काठमाडाैं । मोस्ट वान्टछेड सूचिमामा रहेकै बेला डन गणेशल लामाले अदालतमा उपस्थित भएर प्रहरीलाई जिल्याएका छन् ।
अपहरण मुद्धामा फरार रहेका लामा भूमिगत रुपमा विशेष अदालत र ललितपुर जिल्ला अदालतमा आफूविरुद्धको मुद्धा मिलाउन सक्रिय छन् ।
गत ११ चैतमा उनी गोप्यरुपमा अदालतमा उपस्थित भएर भूमिगत भएका हुन् । अदालतमा उपस्थित नहुँदा मुद्धा मिलाउन गाहे हुने भएपछि उनी प्रहरीलाई छक्याउँदै अदालतमा उपस्थित भएका हुन् ।
लेनदेन विवादमा ललितपुरका एक जग्गा दलालालई घरमा बन्धक बनाई जर्वजजस्ती कागज गरेको घटनामा लामा फरार छन् ।
कुमार घैंटेलाई जस्तै प्रहरीले इन्काउन्टर गर्न सक्ने डरले उनी भागेका थिए । तर पछिल्लो समय उनी विजयकुमार गच्छेदारको आडका कारण काठमाडौंमा धाउन थालेका हुन् । कुमार घैटेंको इन्काउन्टरपछि अधिकाँश समय भने उनी दुवैमा भागेका थिए ।
लामा मात्र होइन सबे डनहरु विशेष अदालतमा चलखेलमा लागेका छन् ।
चलखेलकै कारण उनीहरुविरुद्धको सम्पत्ति शुद्धिकरण मुद्धाको पेशी पटक पटक सर्दे आएको छ । अदलतमा मुद्धाको सबै प्रक्रृया पूरा भइसकेपनि उनीहरुको पेशी दुई महिनायता सरेको सर्यै छ ।
- अनलाइन साझा खबरबाट


0 comments
प्रतिक्रिया दिनुहोस्...