काठमाडौं, १७ जेठ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आर्थिक वर्ष २०७३/७४ को बजेट लिक भएको विषयमा आपत्ति जनाउँदै संसदको बैठक लगातार दुई पटक अबरोध गरेको छ ।
कांग्रेसका सांसदहरूले बजेट लिक भएको विषयमा छानविनको माग गर्दै आजै लगातार दोस्रो पटक अबरोध गरेको हो ।
कांग्रेसका सांसद रमेश लेखकले सदनमा पेश गर्नुभअघि बजेट लिक भएको विषयमा संसदीय छानविन समिति गठनको माग गर्नुभयो ।
‘बजेटमाथि छलफल गर्न पाउनु संसदमो अधिकार हो’, लेखकले भन्नुभयो, ‘संसदमा पेश नभइकन बजेटलाई पत्रपत्रिकामा सार्वजनिक गर्नु गम्भीर अपराध हो ।’
लेखकले बजेट लिक भएको विषयमा छानविन समिति गठन नहुँदासम्म सदनको कारबाही अगाडि बढ्न नसक्ने भन्दै सबै सांसदहरू उभिएपछि सदनको बैठक साढे एक बजेसम्मका लागि स्थगित गरिएको छ ।
यसअघि, कांग्रेसले आजै बिहान ११ बजे सुरू भएको संसदको बैठक अबरोध गरेको थियो । अबरोध भएपछि आधा घण्टाका लागि स्थगित भएको संसद बैठक चल्नेवित्तिकै कांग्रेसका सांसदले अबरोध गरेका हुन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...