-->
लण्डनमा खुल्ने भो नाङ्गै खाना खान पाइने रेष्टुरेन्ट !

बैशाख २१
बेलायतको लण्डन आगामी जुन देखि एक रेष्टुरेन्टमा ग्राहकले नयाँ अनुभव गर्न पाउने भएका छन्। ब्युन्याडी रेष्टुरेन्टले जुनदेखि आफ्ना ग्राहकलाई नाङ्गै खाना खुवाउने भएको छ। उनीहरुलाई अर्धनग्न स्टाफले सर्भिस दिने भएका छन्। नाङ्गै खाना खानको लागि ३२ हजार मानिसले फर्म भरेका छन्। रेष्टुरेन्टमा एक पटक ४२ जनाले मात्रै नाङ्गै खाना खान सक्ने बताएको छ। रेष्टुरेन्टमा एक पटकको खानाका लागि ९५ डलर तिर्नु पर्नेछ। खाना खाने बेलामा सेल्फी वा फोटो खिच्न पाइने छैन। किनकि भित्र मोबाइल र क्यामेरा लिन निषेध गरिएको छ। दाउरामा खाना पकाउने सेफले पनि हेयरनेट र एप्रोन मात्र लगाउने छन्।
ब्युन्याडी रेष्टुरेन्टले कपडा लगाएका खाना खाने र नाङ्गै खाना खाने ग्राहकका लागि दुई वटा फरक फरक ठाउँ बनाउने बताएको छ।
- Setopati


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.