काठमाण्डौ १ जेठ – मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओबादी आजबाट औपचारिक रुपमा बिभाजन भएको छ । एमाओबादीसँगको पार्टी एकताको बिषयलाई लिएर भएको अध्यक्ष बैद्य र महासचिव रामबहादुर थापाबीचको बिबाद चर्किएपछि पार्टी फुटेको हो । थापा पक्ष तत्काल एकता गर्नुपर्ने पक्षमा रहेका थिए भजने बैद्यले तत्काल एकतामा जान नसकिने बताउँदै आएका थिए । आज थापा पक्षीय नेताहरुको बैठकले महासचिव थापालाई अध्यक्ष घोषणा गरेर एमाओबादीसँग एकता गर्ने औपचारिक निर्णय गरेपछि बैद्य नेतृत्वको पार्टी दुई भागमा बिभाजित भएको हो ।
थापाले आफूलाई अध्यक्ष घोषणा गरेर एमाओबादीसँग एकता गर्ने घोषणा गरेपटि एक्लिएका बैद्यले आज एक बिज्ञप्ती जारी गर्दै कडा प्रतिक्रिया जनाएका छन् । उनले थापा पक्षलाई फुटबादमा पतन भएको आरोप लागाएका छन् । बैद्यले थापाको आजको निर्णयले साङ्गठनिक रूपमा यसले जनवादी केन्द्रीयताको गम्भीर उल्लङ्घन गरेको भन्दै गुटवाद तथा फुटवादमा आधारित रहेको बताएका छन् ।
२०७३ जेठ १ गते क. बादलद्वारा अनधिकृत रूपमा बोलाइएको गुटको बैठकमा आफ्नै अध्यक्षतामा कथित केन्द्रीय समिति बनाई औपचारिक रूपमा पार्टीको विभाजन गरिएको छ । हाम्रो पार्टीले यस गुटलाई नवसंशोधनवादपरस्त पुच्छर प्रवृत्तिमा आधारित अवसरवादी गुटका रूपमा लिएको छ बैद्यद्वारा जारी बिज्ञप्तीमा भनिएको छ ।
नेकपा (क्रान्तिकारी माओवादी) लाई दक्षिणपन्थी संशोधनवादी, संसदवादी तथा प्रतिक्रियावादी राज्यसत्ताको धारमा फँसाउन र देश, जनता, मुक्ति तथा क्रान्तिको धारालाई ध्वस्त पार्नका लागि साम्राज्यवाद, विस्तारवाद, घरेलु प्रतिक्रियावाद र दक्षिणपन्थी संशोधनवादद्वारा भयानक षड्यन्त्र भइरहेको बैद्यले निष्कर्ष निकालेका छन्


0 comments
प्रतिक्रिया दिनुहोस्...