-->
सानिमा बैंकबाट ह्याकरद्वारा डाटा चोरी

काठमाडौं – ह्याकरले लिक गरे दक्षिण एशियाका ५ बैँकको डाटा टर्कीको ह्याकिङ समूह बोजकुर्टलरले नेपालका दुई बैँकको डाटा चोरी गर्दै त्यसलाई सार्वजनिक गरेको छ । यसअघि यो समूहले कतार नेशनल बैँक र युएईको इन्भेस्ट बैँकको डाटा लिक गरेको थियो ।
नेपालका विजनेश युनिभर्सल डेभलपमेन्ट बैँक र सानिमा बैँकसँगै बंगलादेशको डच बंगला बैँक, द सिटी बैँक र ट्रस्ट बैँकका डाटा लिक भएका छन् ।
यस समूहले अझै धेरै बैँकको डाटा लिक गर्ने धम्की समेत दिएको छ । सुरक्षा विज्ञहरुले कतार र युएईका दुई बैँकको तुलनामा अहिले डाटा लिक गरिएका बैँकहरुको डाटा भोलूम कम भएको जनाएका छन् । ट्वीटरमा लिक गरिएको डाटामा विजनेश युनिभर्सल बैँकको २ सय ५१ एमबी तथा सानिमा बैँकको ४७ एमबी डाटा लिक भएको छ ।
यसरी लिक भएको डाटामा ग्राहकको नाम तथा एकाउन्टको डिटेल हेर्न सकिन्छ । सुरक्षा इन्जिनियर रुटेडकोन कन्फ्रेन्सका आयोजक ओबर बेनबोआज्जाले कतार नेशनल बैँकको डाटा लिक गर्ने क्रममा प्रयोग गरेको तरिका नै सानिमा बैँक र डच बंगला बैँकको डाटा लिक गर्ने क्रममा अपनाईएको बताएका छन् ।
के– के लिक भएको छ ?
नेपालका दुई बैँकको सानिमा बैँक – बैंकबाट ४७ एमबी अर्काइभ लिक भएको छ । यसमा गा्रहकको जानकारी नाम, एकाउन्टर ब्लोन्ससहित हेर्न सकिन्छ । पछिल्लो डाटा फेब्रुअरी २०१५ को छ । बैँकको वेभसाइट सुरक्षाको कारण देखाउँदै पछिल्लो समय अपग्रेड गरिएको छ । त्यसैले बैँकको वेभसाइट खोल्दा नयाँ सुचना आउँछ । यस सुचनामा प्रयोगकर्ताहरुलाई आफ्नो पासवर्ड परिवर्तन गर्न भनिएको छ ।
विजनेश युनिभर्सल डेभलपमेन्ट बैँक – मेइ १० मा बोजकुर्टलरले सार्वजनिक गरेको सबैभन्दा ठूलो अर्काइभ यही बैँकको छ । २ सय ५१ एमबी फाइल लिक भएको छ । यस डाटामा उनीहरुको फोन नम्बर, नाम र आईडी समेत हेर्न सकिन्छ । यो बैँकको जनवरी २०१५ सम्मको डाटा लिक भएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.