काठमाडौँ । मानिसलाई जब कुनै पनि कारण समस्या हुन्छ उ तनावमा आउनु स्वभाविक कुरा हो । तर हालैको एक अध्ययनले उही कारणबाट पनि अलग अलग भावना महशुस गर्ने विषयमा अध्ययन गरेर प्रतिवेदन सार्वजनिक गरेको छ ।
नियमित जसो हुने तनावका कारण पनि कोही व्यक्ति केही शान्त देखिन्छन् भने कोही व्यक्ति निाराशाको शिकार बन्दै आत्महत्या सम्मको बाटो रोज्न पुग्छन् । जसलाई वैज्ञानिकहरुले पछिल्लो मष्तिष्कको संरचना नै मुख्य कारक रहेको बताएका छन् ।
यस शोधका लागी वैज्ञानिकहरुले मुसाको प्रयोग गरेका थिए । अनुसन्धानको समयमा मुसाको एक शान्त समुह र अर्को अशान्त समुहमा अनुसन्धान थालीएको थियो । अनुसन्धानका क्रममा असहाय व्यवहार देखाउने मुसाको प्रर्दशन गरिएको थियो ।
जसमध्ये समग्र मस्तिष्क गतिविधिहरुको नजिकबाट नियालीएका अनुसन्धानमा खटीएका वैज्ञानिकले बताएका छन् । खासगरी भावना र प्रेरणा जस्ता महत्वपूर्ण क्षेत्रहरुका गतिविधि केही कमजोर पाईएको थियो । जसउमध्ये तनावमा आउने मुसाहरुले आफुलाई असहाय महशुस गरेका थिए ।
शोधकर्ताहरुका अनुसार यो अध्ययनले चिकित्सा क्षेत्रको इतिहाँसमा नै महत्वपूर्ण योगदान पुग्ने बताएका छन् । यो शोध ‘फ्रांटियर्स इन न्यूरल सर्किट्स’ मँ प्रकाशित प्रकाशित भएको छ । एजेन्सीको सहयोगमा


0 comments
प्रतिक्रिया दिनुहोस्...