-->
‘यस्ता महिलासँग झुक्कीएर पनि विहे नगर्नु !’

बैशाख २१
पुरातन हिन्दु मान्यता अनुसार चाण्क्य लाई महान् विद्वान मानिन्छ । उनले दिएका विचारहरुलाई हाम्रो संस्कारमा चाण्क्य नीतिका रुपमा मान्ने चलन रहिआएको छ ।धर्म र कूटनीतिको पाठ पढाउने आचार्य चाणक्यले विवाहको विषयमा पनि आफ्नो विचार संसारसामू प्रस्तुत गरेका छन् । चाण्क्यले दिएको उपदेशमा विवाह जीवनको एक महत्वपूर्ण अंग हो भनिएको छ ।विवाहपछि नै श्रीमान्–श्रीमती र उनको परिवारको जीवन परिवर्तन हुने गर्दछ । त्यसकारण विवाह गर्ने व्यक्तिसँग सावधानी राखिन्छ । आजको समयमा पुरुषहरु विवाहका लागि राम्रा महिलाहरुलाई छान्ने गर्दछन् । राम्रा महिलाहरु नै सर्वगुण सम्पन्न हुन्छन् भन्ने होइन ।
त्यसकारण कस्तो प्रकारका महिलासँग विवाह गर्नुपर्छ भन्ने विषयमा चाण्क्यले आफ्ना केही धारणाहरु प्रस्तुत गरेका छन् ।उच्चकुल अथवा संस्कारी परिवारमा जन्म लिएका कन्याहरु समझदार हुन्छन् त्यसकारण यस्तो परिवारमा जन्मिएका महिलाहरु नराम्रा भएपनि उनीहरुसँग विवाह गर्नुपर्छ भन्ने चाण्क्यको मान्यता । किनभने कन्याको गुणले नै परिवारलाई अगाडि बढाउँछ भन्ने उनको आधार थियो ।विवाहका लागि पुरुषले महिलाको बाहिरी आवरण हेर्न नुहने चाणक्य नीतिमा उल्लेख छ । यसको सट्टा महिलाको मनको सुन्दरता र संस्कार हेर्नुपर्छ ।
यदि कुनै सुन्दर कन्या संस्कारी, धार्मिक र चरित्र ठिक छैन भने उनीसँग कुनै पनि परिस्थितीमा विवाह गर्नुहुँदैन ।विवाह सधैं समान कुलमा शुभ मानिन्छ । चाण्क्यले यो नीति पुरुषमा पनि ठिक यही प्रकारले लागू गरेका छन् । जुन पुरुषहरुमा यस्ता अवगुण छन् त्यस्ता पुरुषहरुसँग महिलाले विवाह गर्नुहुन्न ।चाण्क्यले कुल र परिवारको अवस्था नमील्ने महिलासँष् झुक्कीएर पनि विवाह गर्न नहुने उल्लेख गरेका छन् । यस्तो हुँदा अहंकार र आवेश बढ्ने र परिवार धरापमा पर्ने उनको उपदेशमा उल्लेख छ ।
- अनलाइन साझा खबरबाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.