-->
दोलखामा बस दुर्घटना, ३२ जना घाइते

दोलखा, १६ जेठ । दोलखामा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार भिमेश्वर नगरपालिका–१० रामकोट स्थित भित्री सडकखण्डमा उखुबारीबाट चरिकोटतर्फ आउदै गरेको बा.५ ख १५५३ नम्वरको यात्रु बाहक बस आइतबार अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार ३२ जना घाइते भएका हुन् ।
घाइतेहरुलाई उपचारको लागि चरिकोट स्थित सामुदायिक अस्पताल, च्छो रोल्पा जनरल अस्पताल प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ ।
घाइते मध्ये ३ जनालाई थप उपचारको लागि काठमाडौँतर्फ पठाइएको छ । फरार बस चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.