-->
प्रेमका लागि सेक्स अनिवार्य ?

जिन्दगीको सुरुआत जन्मबाट गर्ने कि बुझाइबाट ? बडो विवादास्पद प्रश्नबाट जीवन र प्रेमको चक्र सुरु हुन्छ । जन्म प्रेमको उपज हुन्छ अनि प्रेमको अर्थ बुझाइबाट तय हुन्छ । जन्मबाट जीवनको भौतिक सुरुआत हुन्छ र व्यवाहारिक सुरुआती बुझाइबाटै हुन्छ । सामाजिक सञ्जाल वा अनलाइन पोर्टलहरु हेरौं, प्रत्येक दिन धेरैका खुसी, उमंग र प्रेमका बारेमा केही न केही आफ्ना अनुभुतिहरु अभिव्यक्त भएकै छन् ।

यी सबै आफू अनुकुलताका सोच र भोगका आधारमा आउने गरेका छन् । यो साँचो हो कि प्रेमको परिभाषा छैन किनभने प्रेम विज्ञान र प्रमाणित गर्नै पर्ने विषय होइन । प्रेमका फरक परिभाषा छन् । झन् पहिलो प्रेमको परिभाषा अझ फरक र अनुकुलतामा हुन्छन् । मान्छेहरु मन पराउने विषयलाई प्रेम भन्छन् । तर, त्यो प्रेम हुँदैन । मन पराउने र प्रेम गर्ने विषय फरक हुन् । हर कोही मनपर्न सक्छ तर हर कोहीसँग प्रेम हुँदैन । त्यसैले जीवनमा मन पराएको मान्छेका लागि आफूले प्रेम गरेको मान्छे छाड्नु उचित हुँदैन । आधुनिक सहरिया समाजका कारण प्रेमको असली परिभाषा परिवर्तन हुँदै गइरहेको छ । प्रेमलाई जम्माजम्मी सम्बन्ध कायम राख्ने एउटा सामान्य विषयका रुपमा व्याख्या गरी जतिबेला पनि टुट्नसक्ने आधार बनाउन थालिएको छ । तर, त्यसो होइन प्रेमको आफ्नै मौलिकता छ, अर्थ र भावना हुन्छ । प्रेमको मेरुदण्डलाई कमजोर बनाउने त्यस्ता कुनै उपायहरु हुँदैनन् । बरु, बलियो बनाउने आधारहरु चाँहि पर्याप्त हुन्छन् । मित्रता, एउटा असल प्रेमको लागि अनिवार्य हुनुपर्ने शक्ति हो, जति गहिरो मित्रता हुन्छ प्रेम त्यसैबीचमा हुँदै जान्छ । तर, यसबीचमा दुई पक्षको सम भोग (सेक्स) को विषयचाँहि आफूले छान्ने कुरा हो । प्रेमका लागि सेक्स अनिवार्य हुन्छ भन्ने जरुरी छैन । नहुन पनि सक्छ । प्रेमलाई जम्माजम्मी सम्बन्ध कायम राख्ने एउटा सामान्य विषयका रुपमा व्याख्या गरी जतिबेला पनि टुट्नसक्ने आधार बनाउन थालिएको छ । तर, त्यसो होइन प्रेमको आफ्नै मौलिकता छ, अर्थ र भावना हुन्छ । प्रेमका लागि सेक्स अनिवार्य हुन्छ भन्ने जरुरी छैन । नहुन पनि सक्छ । साँचो प्रेम पत्ता लगाउन मुस्किल हुँदैन किनभने मनमा अनेक प्रकारका तरंगहरु, भावाशेषहरु जीवित नै हुन्छन् । मित्रताको गहिरो परिक्षापछि प्रेमको जागरण हुन्छ । प्रेमका लागि उसले कुनै मापदण्डहरु हेर्दैन, अवरोधहरु देख्दैन । जम्माजम्मी गहिरो मित्रता, त्यसमाथिको भावले सृजना गरेको संवेदनाहरुको पुञ्जमात्र देख्छ । अनि, हुन्छ प्रेम । र, त भनिन्छ– त्यसैले जीवनमा प्रेम गर, उत्तम जीवन बाँच । हर कोही जीवनमा उत्तम भएर व्यतित गर्न चाहन्छ । भौतिक सुखको पाटो एकातिर हुन्छ, संवेदनात्मक सुखको परिभाषा अर्कोतिर हुन्छ । जहाँ सुखको खोजीका लागि करोडौं आत्माहरु प्रेममा लिन हुन चहान्छन् । सरल जीवन र स्वर्गरुपी जीवन बाँच्नका लागि प्रेम अनिवार्य पनि हुनुपर्छ । जसले गर्दैन, गर्न जान्दैन वा महत्वकांक्षाका आधारमा प्रेमलाई एउटा नाटकीय स्वरुप बुझ्दछ त्यो मान्छे जीवनमा कहिलेपनि सफल हुन सक्तैन । सफल भन्नु उसको भौतिक जीवनको सुख होइन, भावनात्मक र संवेदनात्मक जीवनको सुख मानिन्छ । जो मन र मस्तिष्कदेखि नै स्वस्थ्य हुन्छ, त्यो मानिसले जीवनमा प्रेम गरेकै हुन्छ । अक्सर दुःखी आत्माहरु साहित्यमा लिप्त भएका पाइन्छन्, उनीहरुले प्रेमको आनन्दलाई भावमा व्याख्या गर्दछन् । अथाह प्रेमको विषयमा बोल्छन्, किनभने उनीहरुले प्रेम गर्न जानेका हुन्छन् । यदि तपाई सुखी प्रेमको परिकल्पनामा अल्मलिनु भएको छ भने आफ्नो जोडीलाई भन्नुहोस्, एकपटक । अब हामी सँधै मुस्कानसहित भेटौं किनभने मुस्कान प्रेमको सुरुआत हुन्छ । पक्कै पनि त्यो मुस्कानसहितको प्रेम संवेदनात्मक सुखको ठूलो अनुभूति हुनेछ । त्यो हृदयमा हुनेछ । यति भन्छु– प्रेम हृदयमा राख, प्रेमविनाको जीवन घामविनाको फूलबारी हुन्छ जहाँ फूलहरु मरेका भेटिन्छन् । फूलहरु हाँसेको जीवन पाउनका लागि पनि प्रेम अनिवार्य हुन्छ । त्यसकारण त्यो दिमागमा होइन, मनमा हुनुपर्छ । हामी जीवनलाई प्रेम गर्छौँ तर हामी बाँचिरहनका लागि होइन्, हामी प्रेममा भइरहनका लागि हो । एउटा असल प्रेमले दिलमा आगो र दिमागमा शान्ति दिन सक्नुपर्छ । धेरै कुराहरु बनाउँछ र दिलसम्म पु¥याउँछ । नयाँ झंकार दिन्छ । अझ भन्ने हो भने असल प्रेम जहिले पनि आशावादी हुन्छ, कि म अर्काको लागि के गर्नसक्छु ? के दिनसक्छु भन्ने विषयमा । सपनाहरुभन्दा बास्तविकताहरु मिठो लाग्ने संवेदनाहरुको दिमागी झन्कार असल प्रेम हो । त्यसैले त सक्ने चिज दिनेहरुको मनमा नसक्ने चिजहरु पनि चुँडेर ल्याएर पाउमा राखिदिन्छु भन्ने कति उत्साह हुन्छ । मान्छे एकैछिनमा आकाशमा पुग्छ र तारामण्डलबाट शितल चन्द्रमा चुँडेर ल्याएर प्रेमिकाको पाउमा राखिदिन्छ । उनी खुसी हुन्छिन् र प्रेम दिगो हुन्छ । यो झन्कार हो । अहिलेको पुस्तामा यो कहाँ छ र ? भइहाल्यो भने पनि अवसरवादी बनिदिन्छ । समाजको परिवर्तन, सहरको विकास र विकेन्द्रिकरणसँगै आएका विभिन्न प्रकारका नाफामुखि सोचले असल प्रेमहरु मरिरहेको छ, पानी नपाएको विरुवा जसरी, घाम नपाएको फूल जसरी । असल प्रेमी नै बन्नु छ भने यत्ति कुराले आफ्नो मनलाई स्वीकार गरेको हुनुपर्छ की– सवै, सवैकुरा म बुझ्नसक्नु, म मात्र बुझ्नसक्छु किनभने म प्रेम गर्छु । त्यसकारण तपाई जब प्रेमको नशामा हुनुहुन्छ भने उठ्न सजिलो हुन्छ तर असली प्रेममा हुनुहुन्छ भने उभिन असम्भव छ भनेर त महान वैज्ञानिक अल्बर्ट आइन्सटाइनले भनेकै छन् । मानिसहरुले मस्ती पनि गरुन्, प्रेम पनि गरुन् । दिमागबाट कम गरुन्, दिलबाट धेरै गरुन् । प्रेमको स्पर्शले प्रत्येक मान्छे एक पटक कवी बन्दछ । हर कोहीको मनमा कवि बन्ने असली प्रेम गर्नसक्ने क्षमता जागोस्


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.