-->
भारतका यी दुई राज्य चीन र पाकिस्तानमा देखाएपछि एकसय करोड जरिवाना…!

एजेन्सी / पछिल्लो समयमा सामाजिक सञ्जालमा भारतको नक्सालाई टुक्र्याएको भन्दै भारत सरकारबाट त्यस्ता व्यक्ति र संस्थाहरुलाई सात वर्षको जेल सजाय र एक सय करोड सम्मको जरिवाना हुन् सक्ने भन्दै भारतीय मिडियाहरुले समाचार लेखेका छन् ।पछिल्लो समयमा सामाजिक सञ्जालहरुमा जम्मु कस्मिरको केही हिस्सा पाकिस्तानमा र अरुणाञ्चल प्रदेशको केही हिस्सा चीनमा देखाउँदै भारत टुक्रिएको भन्दै अपूर्ण भारतीय नक्साहरु भाइरल भैरहेका छन् ।
यो नक्सा देखेपछि भारत सरकारले सय करोडसम्म जरिवाना र सातवर्ष कैद सजाय वा सो सरहको सजाय गर्ने तयारी गरिरहेको भारतीय मिडियाहरुले जनाएका छन् ।पछिल्ला केही दिनदेखि भने ट्वीटरहरुमा समेत काश्मीरलाई चीनमा र जम्मुलाई पाकिस्तानमा देखाउने क्रम समेत बढेको बताइएको छ ।
त्यस्तै, ‘द जियोस्पेशल इन्फोर्मेशन रेग्योलेशन बिल २०१६’ ले भारतको अन्तरिक्ष तस्वीरमार्फत नक्सा सार्वजानिक गरेको र त्यसप्रकारको काम गर्न भारत सरकारको अनुमति चाहिने भन्दै उसलाई सय करोड जरिवाना वा सात वर्षको जेल सजाय समेत हुनसक्ने बताइएको छ ।
जम्मु कश्मिर र अरुणाञ्चलको विषयमा भारतसँग पाकिस्तान र चीनसँगको विवाद हुँदै आएको छ । यी स्थानका विषयमा दुवै देशहरुसँग भारतको लामो विवाद हुँदै आएको र भारत विरुद्ध हुने गतिविधलाई नियन्त्रण गर्न भारतीय सरकार लागेको सञ्चारमाध्यामहरुले जनाएका छन् ।
काठमाण्डु टुडेबाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.