-->
बजेट घोषणा हुँनै लाग्दा मधेसी मोर्चाले गर्यो कडा निर्णय, आज नछाड्ने…

विमल योगी
काठमाडौं, १५ जेठ । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संसद बहिष्कार गर्ने निर्णय गरेको छ ।
सरकारद्धारा अपराह्न ४ बजेपछि व्यवस्थापिका संसदमा बजेट घोषणा गर्नुपूर्व सिंहदरबारमा बसेको मोर्चाका मूख्य सचेतकहरुको बैठकले आजको संसद बैठक बहिष्कार गर्ने निर्णय गरेको संघीय समाजवादी फोरम नेपालका नेता शिवजी यादवले दैनिक नेपाललाई जानकारी दिए ।
उनका अनुसार आजको बजेट भाषण कार्यक्रममा पनि मोर्चा नजाने र बहिष्कार गर्ने निर्णय भएको छ । यसअघि पनि मोर्चाले माग पूरा हुनुपर्ने भन्दै लगातार संसद बैठक अवरुद्ध तथा बहिष्कार गर्दै आएको थियो ।
संघीयता, सीमाकंन लगायतका माग राख्दै मोर्चाले विगत ८ महिनादेखि आन्दोलन गरिरहेको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.