-->
ओलीले भारत–चीनबीच युद्ध गराउन खोजेको भन्दै भारतमा सनसनी, जोडियो नेपालकै चर्चित नेताको नाम !

काठमाण्डु, ९ जेठ– नेपाल सरकारले पर्दा पछाडिबाट भारत र चीनबीच युद्ध गराउन खोजेको भन्दै भारतीय संचार माध्यमले समाचार छापेका छन् ।
भारतीय चर्चित अनलाइन न्युज २४ ले यसो गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विनाश निम्त्याउन खाजेको समेत बताइएको छ ।
नेपालका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भनेको भन्दै समाचारमा भनिएको छ, ‘नेपाल सरकार भारत र चीनबीच पर्दा पछाडिबाट युद्ध गराउन खोज्दै छ । यसो गर्नाले ओली सरकारले नेपालको विनासलाई निम्ता दिइरहेका छन् ।’
साथै बाबुरामले भारत र चीनबीच कुनै रामे सम्बन्ध रहेको र त्यसबाट नेपालले पनि फाइदा लिनुपर्ने बताएको समाचारमा उल्लेख छ । तर, उनले यी सबै कुरा कहाँ, कुन कार्यक्रममा भने भन्ने भने खुलाइएको छैन ।काठमाडौं टुडे बाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.