-->
ओली सरकार फाल्न यसरी भएको थियो गोप्य सहमति

काठमाडौं, २३ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित सत्तारुढ घटक एनेकपा माओवादी र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाआवद्ध दलहरु केपी ओली नेतृत्वको सरकार ढाल्ने निष्कर्षमा पुगेका छन् ।
जनताको न्यूनतम समस्याप्रति पनि संबेदनशील नभएको भन्दै सरकारको बिकल्प खोज्न दुई दल र मोर्चाले निष्कर्ष निकालेका हुन । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
व्यवस्थापिका संसदको सबैभन्दा ठूलो दल कांग्रेसका सभापति शेरबहादुर देउवा भारत भ्रमणबाट फर्किएको एक साता पनि नबित्दै ओली सरकारबिरुद्ध दलहरुबीच मोर्चाबन्दी भएको हो ।
सत्ता गठबन्धनको प्रमु्ख घटक एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मंगलबार सा“झ प्रधानमन्त्री ओलीलाई सहमति सरकारको नेतृत्व आफुलाई गर्न प्रस्ताव आएको भन्दै प्रतिक्रिया मागेका थिए ।
दाहालले आफुलाई संसदको सबैभन्दा ठूलो दल कांग्रेसका सभापति देउवाबाट त्यस्तो प्रस्ताव आएको संकेत गर्दा समेत ओलीले बेवास्ता गरेपछि दाहालले बुधबार पदाधिकारी बैठक बोलाएरु आफुले सहमतिय सरकारको नेतृत्व लिन चाहेको बताएका थिए ।
दाहालले बुधबार बिहान पदाधिकारी बैठकको निर्णयमार्फत सहमतिय सरकारको नेतृत्व लिन आफु तयार भएको भन्दै सहयोगका लागि प्रमुख प्रतिपक्षी दल कांग्रेस, सत्तारुढ घटक राप्रपा नेपाल, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक र अन्य साना दललाई आव्हान गरेका थिए ।
दाहालले आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिय सरकार निर्माणको आव्हान गर्नासाथ मुलुकमा राजनीतिक चहलपहल र दौडधुप बढेको छ ।
बुधबार नैं कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेसको टोलीले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुस“ग छलफल गरेको छ ।
भेटमा मोर्चाका नेताले ओलीको बिकल्पमा जुनसुकै दलको जुनसुकै नेतालाई सरकारको नेतृत्वको लागि अघि सारेपनि पूर्ण समर्थन गर्ने बताएका थिए । उनीहरुले ओलीको बिकल्पमा बन्ने नया सरकारको जसले नेतृत्व गरेपनि आफुहरुले समर्थन गर्ने प्रतिबद्धता जनाएका थिए ।
मोर्चाका नेताहरुले सरकारमा भने आफुहरु नजाने वताएका छन् । दुबै पक्षबीच भएको बैठकमा नया नेतृत्वमा बन्ने सरकारले मधेश समस्या समाधानका लागि चाल्ने कदमलाई मुल्याङ्कन गरेर समर्थन गर्ने वताएका छन् ।
बैठकमा देउवास“गै कोषाध्यक्ष सीतादेवी यादब, संसदीय दलका प्रमुख सचेतक चिनकाजी श्रेष्ठका साथै मोर्चाको तर्फबाट तमलोपा अध्यक्ष महन्थ ठाकुर, संघिय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादब र सद्भावना अध्यक्ष राजेन्द्र महतोको उपस्थिति थियो ।
स्रोतका अनुसार दाहाल नेतृत्वको सरकारमा एमालेले सहभागितामा नजनाए पनि कांग्रेस, राप्रपा, मोर्चाआबद्ध मधेशी दल र सरकारमै सहभागी साना दल आउने अपेक्षा गरिएको छ ।
कांग्रेस नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शसांक कोइराला अमेरिका भ्रमणमा रहेको बेला देउवा, नेता कृष्णप्रसाद सिटौला, डा. शेखर कोइराला र नेता बिमलेन्द्र निधिको गोप्य बैठकले एमाओवादीसग सहकार्य गर्ने निष्कर्ष निकालेको थियो ।
जसअनुसार पहिलो नौ महिना एमाओवादीलाई र पछिल्लो नौ महिना कांग्रेसलाई सरकारको नेतृत्व दिने सहमति भएको स्रोत बताउछ ।
ओली नेतृत्वको सरकार पूर्ण रुपमा असफल भएको निष्कर्ष निकाल्दै सत्तारुढ घटक एमाओवादीले सत्ता साझेदार र अन्य दललाई वास्ता नगरी एकलौटी र मनोमानी ढङ्गले राजनीतिक, न्यायिक र कूटनीतिक नियुक्ति गरेको भन्दै असन्तुष्टी जनाउदै आएको थियो ।
इन्धनको कृत्रिम अभाव श्रृजना गरेर सरकारले कालोबजारी गरिरहेको आरोप लाग्न थालेपछि एमाओवादी नेतृत्व समेत आलोचित बनेको थियो ।
ओली सरकार्ले मुलुकका बिभिन्न भागमा उठेको आवाज र मधेश आन्दोलनका मुद्धालाई संबोधन गर्न संविधान परिबर्तन गर्न पहल समेत नगरेको र सहमति सरकार निर्माणमा पहलकदमी लिन नसकेको भन्दै कांग्रेस, एमाओवादी र मोर्चाले आलोचना गर्दै आएका थिए ।
एमाओवादी नेतृत्वले द्वन्द्वको समयमा भएका घटनालाई लिएर माओवादी नेता र कार्यकर्तालाई फसाउन खोजिएको भन्दै ओलीकै आलोचना गरेका थिए ।
उनीहरुले भूकम्प प्रभावित जिल्लामा पुनःनिर्माण र पुनर्वासको कार्यमा ढिलासुस्ती भएको भन्दै एमाओवादीले आलोचना गर्दै आएको थियो ।
यसैबीच एमाओवादीले सरकार छाड्ने जनाएपछि तिलमिलाएका प्रधानमन्त्री ओलीले बुधबार बेलुका बालुवाटारमा सत्तारुढ दलहरुको बैठक बोलाएर समिक्षा गरेका थिए । उनले एमाओवादीले धोका दियो भन्दै पिडा पोखेका थिए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.