काठमाडौं – शनिबार राजधानीको याक एण्ड यति होटलमा जारी गरगहना मेलाको एक स्टलमा दर्शकहरु सुनको टोली लगाउन तँछाड मछाड गरिरहेका थिए भने अर्को स्टलमा चाँदीको धरहरामा सेल्फी खिच्न व्यस्त थिए ।
सुनको टोपी र चाँदीको धरहरा पहिलो अन्र्तराष्ट्रिय गरगहना मेलामा आकर्षणको केन्द्र थियो । होटलमा चलिरहेका मेलामा दर्शकहरु तान्न ज्वलरी व्यावसायीहरुले यस्ता आकर्षक वहुमूल्य सरसामान मात्रै राखेका थिएनन् स्टलै पिच्छे मोडलहरु सुन चाँदी हिरा मोतीले सझिएर मुस्कुराइरहेका थिए ।
बिदाको दिन भएर होला दर्शकहरुको अत्याधिक भिड थियो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...