काठमाडौँ, १२ जेठ । नेपाली कांग्रेसमा आफ्नो बेग्लै हैसियत बनाउन कस्सिएका कृष्णप्रसाद सिटौला र गगन थापालाई सप्तरीका कांग्रेस नेता तथा कार्यकर्ताले बहिस्कार गरेका छन् । सिटौला र थापा गत सोमबार (जेठ १० गते) सप्तरीका नेता र कार्यकर्तालाई प्रशिक्षण दिने बहाना बनाएर राजविराज पुगेका थिए ।
उनीहरुसँगै केन्द्रीय सदस्य धनराज गुरुङलगायत कार्यक्रमस्थलमा गएकोमा जिल्लाका सवैजसो नेता र कार्यकर्ताहरुले बहिस्कार गरेको बुझेपछि गुरुङ कार्यक्रममा भाग नै नलिई त्यहाँ खाना खाएर फर्किएका थिए । गुरुङसँगै अर्की एउटा महिला पनि फर्किएकी थिइन ।
प्राप्त समाचार अनुसार विगतमा सुजाता कोइरालासँग नजिक रहेर उनकै अनुकम्पाबाट राज्यमन्त्री समेत भएका रामकुमार चौधरीले सुजाताको राजनीतिक भविश्य सकिएको भन्दै सिटौलालाई नेता मान्ने निर्णय लिएका छन् । यसैक्रममा आफूलाई पनि फाइदा हुने र सिटौला–गगनलाई पनि स्थापित गर्न बल पुर्याउने उद्देश्यले राजविराजमा जिल्लास्तरीय एक प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको थियो ।
तर, जिल्लास्तरीय भनिएको सो प्रशिक्षण शिविरमा जिल्ला सभापति दिनेश यादवलगायत कार्यसमितिका कुनै पनि सदस्यले भाग लिएनन् । ६ क्षेत्र रहेको सप्तरीका क्षेत्रीय समितिहरु मध्ये तीन नम्बर क्षेत्रका सभापति र दुई सदस्य बाहेक अन्य सवैले बहिस्कार गरेका थिए । सिटौला र गगनले पार्टीको आधिकारिक प्रतिनिधित्व गर्ने भन्दा पनि बेग्लै धन्दा गरेर पार्टीमा गुटबन्दी बढाउन सक्रिय रहेको पाइएपछि जिल्लाका ९५ प्रतिशत भन्दा बढी नेता र कार्यकर्ताले उनीहरुलाई बहिस्कार गरेको बुझिएको छ । घटना र विचार साप्ताहिकमा समाचार छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...