-->
आमाले नै दुई छोरीको हत्या गरिन् ,भन्छिन्, ‘श्रीमान र सासु ससुराले छोरीकै कारण दुख दिएपछि मारिदिए’

वीरगन्ज, ११ जेठ । नौ महिनासम्म कोखमा राखेर जन्म दिएको सन्तानको माया कति हुन्छ ? यो प्रश्न सोध्दा प्राय आमाहरुको आउने जवाफमा कुनै अन्तर नहोला । तर कतिपय आमा यस्ता हुन्छन आफुले जन्माएको सन्तानलाई माया दिनुको साटो आफ्नै हातले प्राण लिन्छन् । त्यो पनि परिवारमा भएको झगडाको विषयमा । यस्तै घटना घटेको छ बारा जिल्लामा ।
बारा जिल्ला कलैया नगरपालिकाकी एक महिलाले आफना छोरीहरु चार बर्षीया काजल र अढाइ बर्षीया अनिताको हत्या गरेकी छिन् । श्रीमान तथा सासु ससुराले मानसिक यातना दिए पछि घर छाडेर हिँडेकी बरेवाका विजय साह कानुकी श्रीमती २२ वर्षीया सबिता देवीले दुई नाबालिका छोरीको हत्या गरेकी हुन् ।
वीरगन्ज उपमहानरपालिका वडा नम्बर ८ भेडियाही अवस्थित शम्सानघाट नजिक रहेको सिंगहा नदिको पानीमा दुवै छोरीलाई चोबलेर देवीले हत्या गरेकी हुन् । छोरीहरुको हत्या गरेपछि आफुले पनि आत्महत्याको प्रयास गरेकी थिइन् । गाँउलेहरुले देखेपछि आत्महत्या गर्नबाट रोकेका थिए । साबीर भेडिहर र गाँउलेहरुले नदिबाट निकाल्दा दुवै बालिकाको मृत्यु भइसकेको थियो ।
म बन्चरो लिएर सिसौको हाँगा काट्न आएको थिए, साबीरले भने, ‘नदिको पानीमा रातो सारी लगाएकी महिलाले पानीमा बच्चालाई डुबाएको जस्तो देखेपछि चिच्याएर अरुहरुलाइ बेलाएँ, तर बाहिर निकाल्दा दुवै बच्चाको प्राण गइसकेको रहेछ ।’
गाँउलेले खबर गरेपछि तत्कालै घटनास्थलमा प्रहरी पुग्दा मृतक दुवै नाबालिकाको शव नजिकै सबीता देवीले रुँदै गरेको अवस्थामा भेटिएको प्रहरी नायब निरीक्षक जयराम यादवले बताए । मृतक दुवै बालिकाको शव पोष्टर्मामका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.