-->
बौद्ध सम्मेलनमा कुन मुख लिएर नेपाल आउलान् मोदी ?

काठमाण्डु, २० वैशाख– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी जेठ पहिलो साता नेपाल भ्रमण गर्न सक्ने संकेत पाएपछि सरकारले पहल थालेको छ । प्रधानमन्त्री केपी ओलीले भारतीय राजदूत रञ्जित रे र केही उच्च अधिकारीलाई आमन्त्रित गरी राजधानीस्थति द्वारिकाज होटलमा आइतबार साँझ रात्रिभोज आयोजना गरेर भ्रमणको विषयमा छलफल गरेको स्रोतले बतायो ।
यद्यपि मोदीको भ्रमण हुने या नहुने भन्ने विषयमा अझै अन्तिम टुंगो लागिसकेको छैन । स्रोतका अनुसार भारतीय प्रधानमन्त्री मोदीले बुद्ध जयन्तीका अवसरमा जेठ ८ गते लुम्बिनीमा हुने विश्व बौद्ध सम्मेलनमा सहभागी हुन आउने चाहना राखेका छन् । कान्तिपुर दैनिकबाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.