काठमाडौं– गत साता भारतीय जनता पार्टीका सांसद् निशिकान्त दुवेले भारतीय पत्रिका इन्डियन एक्सप्रेसलाई अन्तर्वार्ता दिँदै नेपाल र भारतबीच रहेको खुल्ला सिमाना भारतका लागि कस्मिरजस्तै भएको टिप्पणी गरे । नेपालमा बढिरहेको भारतविरोधी गतिविधिका कारण नेपाल कस्मिर जस्तै भएको जनाएका उनले लोकसभामा पनि नेपालको खुलेर आलोचना गरे । नेपालसँगको खुल्ला सिमानाका विषयमा दुवे मात्र होइन, अन्य कतिपय भारतीय विश्लेषकहरू र सञ्चारमाध्यमहरूले समेत भारतलाई सुरक्षा चुनौती रहेको जनाउँदै आएका छन् । तर वास्तविकता भने धेरै फरक छ । भारतसँगको खुल्ला सीमाका कारण नेपालको सार्वभौमसत्तामाथि हस्तक्षेप मात्र होइन, अन्य कतिपय सुरक्षा चुनौतीहरू समेत थपिएका छन् । खुल्ला सिमानाको फाइदा उठाउँदै भारतबाट तराईमा बसाइँ सर्नेहरूका कारण एकातर्फ नेपालको जनसंख्या अंगीकृतहरूका कारण तीव्र गतिमा बढिरहेको छ भने अर्काेतर्फ खुल्ला सिमानाको फाइदा उठाउँदै भारतसँग जोडिएका सीमा क्षेत्रमा भारतीय गुन्डाहरूले नेपालीहरूलाई दुःख दिने गरेका छन् । अझ नेपालमा हुने ससाना आन्दोलन तथा हडतालमा समेत भारतीयहरूको घुसपैठका कारण नेपालले अप्रिय घटनाहरू सहनु परिरहेको छ । पछिल्लो समय भारतबाट बसाइँ सरी नेपाल आएकाहरूको अधिकारका लागि भन्दै तराई क्षेत्रमा हुने गरेका आन्दोलनमा भारतीय पक्षको घुसपैठका घटनाहरू बढ्दा कैलालीमा उच्च सुरक्षा अधिकारीसहित कैयाँै सुरक्षाकर्मीहरूले ज्यान गुमाउनुप¥यो भने तराई आन्दोलनका नाममा भएको आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दा भारतीय नागरिकको मृत्यु र भारतीयहरू नै घाइते भएका घटनाले पन


0 comments
प्रतिक्रिया दिनुहोस्...