-->
नातीनातीनी भैसकेकी हजुर आमा पोइला हिडेपछी ........

झापा / दुई छोरी एक छोरा र एक नातीकी हजुरआमा पोइला गएकी छिन् । यो खबर झापाको हो । चकचकी गाविस –५ राजवान निवासी ३७ वर्षीया निर्मला खनाल सोही गाविस – ४ निवासी ५० वर्षीय शन्तवीर राजवंशीसंग पोईला गएकी हुन् । राजवंशी पनि हजुरवुवा हुन् । उनका पनि २ छोरा २ छोरी ४ नाति नातिना छन् । खनालका श्रीमान वैदेसिक रोगजारीका सिलसिलामा मलेसिया गएका थिए । सोही समयदेखि उनको र राजवंशीको प्रेम सम्वन्ध झङ्गिएपछि उनीहरु ९ दिन अघि भागेको गोपाल सुवेदीले बताउनुभयो । सुवेदी निर्मलाका नातामा भिनाजु हुन् । सुवेदीले भन्नुभयो –‘ सालीले झण्डै साढे दशलाख रुपैयाँ लिएर राजवंशीसंग पोइला गइछिन् ।’
खनालका श्रीमान मलेसियाबाट गत फागुन महिनामा मात्रै घर फर्किएका थिए । ति महिलाका श्रीमान् देवी खनाल घर फर्किएपछि राजवंशीको र निर्मलाको सम्वन्ध झन् बढ्दै गएको र उनीहरु भागेको बताइएको छ । राजवंशीले ति महिलालाई गत वैशाख १४ मगलवार भगाएको बताएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोड परिसरमा भेटिनुभएका राजवंशीले भन्नुभयो– हाम्रो मन मिल्यो अनि अस्ती मंगलवार हामी भाग्यौं ।’पुर्बेली न्युज बाट साभार


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.