-->
नेपाल–चीनबीच अर्को महत्वपूर्ण काम सम्पन्न, जेठ अन्तिमदेखि सेवा सुरु

एजेन्सी– नेपाल र चीनले अर्को महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेका छन् ।
केही दिनअघि राजधानी काठमाण्डुदेखि नेपाल–चीन सीमाक्षेत्र रसुवागढीसम्म अप्टिकल फाइबर केबल विछ्याउने काम सम्पन्न भएको बताइएको छ ।
नेपाल टेलिकमसँग जोडिएको यो महत्वपूर्ण काम सम्पन्न भएपश्चात दुवै देशका टेलिकम एक आपसमा जोडिने र नेपाल–चीन थप नजिक हुने सरोकारवालाहरु बताएका छन् ।
दुई देशका टेलिकमहरु एक आपसमा जोडिएको बताउँदै सम्बन्धित उपकरणहरुको निर्माण र परीक्षण सञ्चालन समेत सुरु भएको सम्बन्धित पक्षले जनाएको छ ।
यद्यपि, जेठ महिनाको अन्तिमसम्म परीक्षणको काम सकिने र दुवै देशबीचको डाटा एक्सचेन्ज औपचारिक रुपमा सुरु गरिने टेलिकम श्रोतले जनाएको छ ।
काठमाण्डुमा केन्द्र भएको नेपाल टेलिकम अप्टिकल फाइबरमार्फत चिनियाँ टेलिकमसँग जोडिएपछि एसियाका दुईवटा ठूला डाटा केन्द्र हङकङसँग प्रत्यक्ष रुपमा जोडिएको समेत बताइएको छ ।
यसले राजधानी काठमाण्डु र बेइजिङलाई समेत अब निकै नजिक पुर्याइदिएको छ ।
अब नेपाली र चिनियाँ नागरिकले सिधा–सिधा सहुलियत र गुणस्तरीय सञ्चार सेवाको उपभोग समेत गर्न पाउनेछन् । अब एक सेकेण्डमै बेइजिङसँग नेपालीहरुले कुरा गर्ने बाटो समेत खुलेको छ ।
प्रधानमन्त्री केपी ओलीको केही महिनाअघिको चीन भ्रमणका क्रममा दुवै मुलुकबीच आपसी सम्पर्क र सञ्जाल बढाउने भन्ने विषयमा सहमति भएपछि नेपाल र चीनको यो कार्यक्रम कार्यान्वयणमा आएको अनुमान गर्न सकिन्छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.