जेठ ८ – इजिप्टकी एक स्केले छात्राले परीक्षामा आफ्नो उत्तर पुस्तिकामा लेखेको एक लाइनले धरैको मन छोएको छ । ओसामा अहमद हम्माद नाम गरेकी बालिकाकाले आमाको बारेमा रोधिएको प्रश्नमा लेखेको उत्तर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।
यसले गर्दा हम्मादको सामाजिक सञ्चालमा चर्चाको पात्र बनेकी छन् । इजिप्टको सिनाई प्रान्तकी पाँच कक्षामा अध्ययनरत हम्मादले आमाको बारेमा सोधिएको प्रश्नको जवाफमा ‘मेरी आमाको मृत्यु भयो, त्योसँगै सबथोक सकियो।’ लेखेकी छन् । हम्मादको उत्तरपुस्तिका परीक्षण गरिरहेका शिक्षकले यो उत्तर पढेपछि त्यसको तस्बिर लिएर सामाजिक सञ्जालमा पोस्ट गरे । यसपछि हम्मादको उत्तर तथा उनी आफै चर्चामा आइन् । इजिप्टका सुन्नी मुसलमानको सबै भन्दा ठूलो संस्था अल–अजहरका मुख्य नेता इमामले ११ वर्षकी हम्मादको अध्ययनको सबै खर्च व्यहोर्ने बताएका छन् ।
यस्तै हम्मादलाई मासिक भत्ता पनि दिइने भएको छ । यसअघि सिनाई प्रान्तका गभर्नरले हम्मादलाई कायरोको पर्यटकीय क्षेत्रको भ्रमण गराउने बताएका छन् ।
स्रोत : बिबिसी


0 comments
प्रतिक्रिया दिनुहोस्...