-->
मलाइका र सोनाक्षी काठमाडौँमा, आज टुँडिखेलमा 'अमरपंक्षी'

काठमाडौँ, १ जेठ, बलिउडका चर्चित दुई अभिनेत्रीहरु यतिबेला नेपालको काठमाडौँमा रहेका छन् । आज शनिवार राजधानीको टुँडिखेलमा आयोजना हुने 'अमरपंक्षी' नामक साङ्गीतिक कार्यक्रममा सहभागिता जनाउन उनीहरु काठमाडौँ आएका हुन् । शुक्रबार करिब २ बजे भारतीय अभिनेत्री सोनाक्षी सिन्हा काठमाडौँ आइपुगिन् भने बेलुका करिब साढे ८ बजे मलाईका अरोरा पनि काठमाडौँ ओर्लिन् । उनीहरु दुबैको यो पहिलो नेपाल भ्रमण भएको बताइएको छ ।
सोनाक्षीले ट्वीट गर्दै आफ्नो पहिलो नेपाल भ्रमण उत्कृष्ट रहने अपेक्षा गरेकी छिन् । साथै उनले सबै नेपालीलाई मे १४ तारिख शनिबार बेलुका टुँडिखेलमा आइ आफूँसँगै नाच्न पनि आह्वान गरेकी छिन् ।
सैनिक श्रीमती संघले आयोजना गरेको वृहत साङ्गीतिक कार्यक्रम आज राजधानीको सैनिकमञ्च टुँडिखेलमा हुँदैछ । सो कार्यक्रममा नेपाली अभिनेत्रीहरु रेखा थापा, प्रियङ्का कार्की, ऋचा शर्मा, निशा अधिकारी, केकी अधिकारी, सुष्मा कार्की, गायिका इन्दिरा जोशी, मोडल सहाना बज्राचार्य लगायतको पनि सहभागिता रहने जनाइएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.