२०५१ सालमा नेकपा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकारले सुरु गरेको सामाजिक सुरक्षा भत्ता अन्तर्गत वृद्ध भत्तालाई एमालेकै नेतृत्वको वर्तमान सरकारले ह्वात्तै बढाउने भएको छ ।
सरकारले यही जेठ १५ गते पेश गर्ने आर्थिक वर्ष २०७३।०७४ को वार्षिक बजेटबाट भत्ता दोब्बर बनाउन लागेको छ ।
अर्थमन्त्रालयका एक अधिकारीका अनुसार सरकारले वृद्ध भत्ता २ हजार रुपैयाँ पुर्याउने तयारी गरेको छ । हाल सामाजिक सुरक्षा भत्ता वापत वृद्धवृद्धाले १ हजार रुपैयाँ पाउँदै आएका छन् ।
सरकारले यो वर्ष करीब १० खर्ब बराबरको बजेट ल्याउने तयारी गरेको छ । आगामी जेठ १५ मा सरकारले बजेट सार्वजनिक गर्ने छ ।
Click here for exciting offer
काठमाडौंमा लामो समयदेखि वृद्धवृद्धाहरुले भात्ता वृद्धिका साथै अन्य मागहरु राखेर आन्दोलन गर्दैै आइरहेका छन् । सरकारको यो तयारीले वृद्धवृद्धाहरुको एउटा प्रमुख माग पूरा हुने भएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...