ाठमाडौं, २७ बैशाख । । एक महिलाको नग्न तस्वीर खिचेरर उनको श्रीमानलाई पठाउने व्यक्ति पक्राउ परेका छन् । इटहरी घर भई काठमाडौंमा बस्ने जसपति चौधरीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ ।
चौधरीले एक महिलाको नग्न तस्वीर उनका श्रीमानलाई मोबाइलमा इमो मार्फत पठाएका थिए । चौधरीलाई प्रहरीले विद्युतीय कारोबार ऐन साइबर क्राइम अभियोगमा थुनामा राखी कारबाही अघि बडाएको छ ।
पूर्वप्रहरीसमेत रहेका चौधरी एक महिलासँग नजिक हुँदा उनको तस्वीर खिचेका थिए । सोही तस्वीरपछि उनले महिलाको श्रीमान्लाई पठाएका थिए । महिलाललाई भनेर पठाएकोमा झुक्किएर उनको श्रीमान्को मोबाइलमा गएको चौधरीले प्रहरीलाई बयानमा बताएका छन् ।
गलत काममा संलग्न भएका कारण चौधरीको प्रहरीबाट जागिर गएको थियो । पछिल्लो समय उनी चालक पेसामा आवद्ध थिए । आजको नयाँ पत्रिकामा समाचार छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...