-->
चिनले नेपाललाई रेल पठाउनुकाे भित्री रहस्य त यस्ताे पाे रहेछ ….

जेठ १३
काठमाण्डाै । चीननले केही समय अघि तिब्बत हुादै काठमाण्डुका लागि रेल सेवा सुरु गरेसँगै त्यसले निकै चर्चा पयो । त्यसो त सो रेल काठमाण्डुसम्म आइपुग्न अझै ४ वर्ष लाग्ने र काठमाण्डु हुँदै भारतको सीमासम्म पुग्ने बताइएको छ । तर, चीनले नेपालसँग जोड्ने रेलमार्ग मात्र नभएर अन्य थुप्रै भौतिक पुर्वाधारको विकासमा समेत चासो दिइरहेको खुलासा भएको छ ।
के गर्दैछ चीन
चीनले आफ्नो प्राथमिकतामा नेपाललाई मात्र नभएर नेपालसँगै दक्षिण एसियाका अन्य राष्ट्रलाई समेत राखेको छ । दक्षिण एसियाबाट भारतको प्रभाव विस्तारै घट्दै जादा चीनले भने बढाइरहेको छ ।चिनियाँ संचारमाध्यमले नै गरेको खुलासा अनुसार चीनले रेलसँगै, हवाई र सडकमार्गको विस्तार गरी दक्षिण एसियालाई जोड्ने प्रयास गरिरहेको छ ।
विश्व अर्थतन्त्रको एक हिस्सा चनिले यसरी हवार्य, सडक तथा रेलमार्ग विस्तार गरेर दक्षिण एसियामा आफ्नो प्रभाव बढाउदै लाने र आफ्ना बस्तु तथा सेवाहरु विस्तार गर्ने सोच बनाएको बुझिएको छ । जसबाट दक्षिण एसियाका विभिन्न देशमा चिनियाँ मालसामान ओसारपसार गर्न सहज हुनेछ ।
के छ उसको योजना
चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको छैंठौ तिब्बत कार्य सम्मेलनले हवार्य, रेल तथा सडक मार्गलाई चीनको दक्षिण एसियातर्फ खुल्ला हुने महत्वपूर्ण मार्गको रुपमा तोकेपछि चीनले सबै योजनाहरुलाई तिव्र गतिमा अघि बढाउन लागेको हो ।
तिब्बत स्वायत्त प्रदेश सरकारका अध्यक्ष लोसाङ ज्याम्छानले तेह्रौ पञ्चवर्षीय योजना अवधिमा तिब्बतले हवाई मार्ग, रेलमार्ग र राजमार्ग सञ्जालको निर्माणमा तिव्रता दिने बताइसकेका छन् ।केही दिनअघि चीनको लान्छाउबाट काठमाण्डु केन्द्रीत रेलसेवाको सुरुवातले पनि यसको पुष्टि गरेको छ ।
यो रेलमार्गलाई चीनले चीन र दक्षिण एसियाली मुलुकहरुबीचको पहिलो अन्तर्राष्ट्रिय स्थायी रेलमार्ग तथा राजमार्गका रुपमा उल्लेख गरेको छ । यी योजनाहरुले नेपालको राजधानी काठमाण्डु हुँदै भारत र त्यस वरिपरिका राष्ट्रहरुसँग समेत सामिप्यता गाँस्ने चीनको लक्ष्य रहेको बुझिएको छ ।
पुर्बेलीन्युजबाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.