-->
आजको राशिफल – मिति वि.सं. २०७३ साल जेठ ५ गते बुधबार तदानुसार इश्वी सन् २०१६ मे १८ तारिख

आजको राशिफल – मिति वि.सं. २०७३ साल जेठ ५ गते बुधबार तदानुसार इश्वी सन् २०१६ मे १८ तारिख – कोका कौशिकी संगम मत्स्य दर्शन
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) – नोट – प्रश्तुत राशिफल नेपाली पात्रोबाट साभार गरिएको हो ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

मेहनतले लक्ष्यमा पुर्याउनेछ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। प्रतिस्पर्धाको दौड जित्न सकिनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हठ गर्ने बानीले दुःख पाइएला। सद्विचार लिनेहरूका लागि समय उत्साहजनक रहनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ। पेटको खराबीले स्वास्थ्य कमजोर रहला। व्यावसायिक काम बीचमा रोकिन सक्छ। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला। सन्तानका माध्यमबाट काम बन्न सक्छ। बुद्धिको उपयोगले फाइदा उठाउन सकिनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

परिस्थितिअनुसार चल्न नसक्दा पछि परिनेछ। मान्यजनसँग असमझदारी बढ्न सक्छ। पहिलेका निर्णयले काममा चुनौती निम्त्याउने देखिन्छ। अरूको भनाइमा विश्वास गर्दा दुःख पाइनेछ। महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। मातृधन, पशुधन र जमिनबाट सामान्य लाभ हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। आम्दानी बढ्नेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ। मनग्य धन आर्जन हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
राम्रै फाइदाको योग छ। सहयोगीहरूले साथ दिनेछन्। बोलीको भरमा काम सम्पादन हुने समय छ। विचारले धेरैलाई आकर्षण गर्ने बेला छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ। मान–सम्मान पाइनेछ भने प्रशंसकहरू पनि बढ्नेछन्।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रतिष्ठित कामले हौसला जगाउनेछ। सहयोगीहरूको साथले आत्म–विश्वास बढाउनेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला। कामबाट फुर्सद मिल्नेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। पारिवारिक जमघटमा मन रमाउनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, त

काममा लगानी बढाउने समय छ। प्रयत्न गर्दा लामो यात्रा हुन सक्छ। वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ। घरखर्चको मात्रा बढ्नेछ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। फाइदाका पछि लाग्दा छर–छिमेकमा असमझदारी बढ्न सक्छ। बनिसकेको कामबाट हात झिक्नुपर्ने स्थिति आउन सक्छ। होसियारीसाथ काम लिनुपर्ने समय छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, य

मेहनत परे पनि श्रमको समुचित मूल्यांकन नहुन सक्छ। आम्दानीमा बाधा हुनेछ भने सञ्चित रकम समेत खर्च गर्नुपर्ने आवश्यकता पर्नेछ। चिताएको काम समयमा पूरा नहुन सक्छ। पढाइलेखाइमा त्यति मन नजाला। धेरै लगानीपछि कम प्रतिफल पाइने र अरूको भरण–पोषणमा खर्च हुने समय छ। मालमत्ता समेत हराउन सक्छन्, सचेत रहनुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भ

कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ। व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने समय छ। विभिन्न अवसरले पछ्याउनेछन्। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। तत्काल ठूलो फाइदा भने उठाउन नसकिएला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला। तर, जिम्मेवारी भने बढिरहनेछन्। बाध्यतापूर्ण काममै समय बित्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला। व्यावसायिक काममा खर्च बढ्नेछ। अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला। सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

पहिलेका समस्या दोहोरिन सक्छन्। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। मुख्य काममा बाधा हुन सक्क्छ। घरेलु काममै अल्झनुपर्दा मन खिन्न हुनेछ। सवारीमा सावधानी अपनाउनुहोला। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। पढाइलेखाइमा पनि समय दिन नसकिएला सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन्, सजग रहनुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

बाध्यताले मन खिन्न तुल्याउनेछ। केही विवादमा समेत परिइला। तापनि, दिन मनोरञ्जनपूर्ण रहनेछ। व्यावसायिक यात्रा सम्भावना छ। आम्दानी प्रशस्तै बढ्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ने समय छ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.