भगक्षेत्र
पुरुषको तुलनामा महिलाका यौनअङ्गहरू बाहिरबाट हेर्दा त्यति स्पष्ट हुँदैनन्। झट्ट हेर्दा छालाका दुई पत्र एक-अर्कामा टाँसिएको जस्तोमात्र दे खिन्छ। यसैलाई हामी समग्रमा भग भन्छौं र यसैको भित्रतिर नै सबैजसो अन्य अङ्ग हुन्छन्। युवतीहरूमा यही भगको माथिपट्ट िबोसोयुक्त तन्तुले बनेको क्षेत्र हुन्छ, जसले नै यौन तथा प्रजनन अङ्गहरूलाई सुरक्षा प्रदान गर्छ। यौनाङ्ग क्षेत्रको यस भागलाई अंगे्रजीमा mयलक उगदष्क -मोन्स प्यूविस) भनिन्छ। हामीले युवतीको भग क्षेत्रमा भएका छालाको पत्रलाई फर्कायौं भने भित्रतिर ठूलो भगोष्ठ, सानो भगोष्ठ, भगांकुर तथा योनिद्वारजस्ता विभिन्न अङ्ग देख्न सकिन्छ।
ठूलो भगोष्ठ
यो भगक्षेत्रको सबैभन्दा बाहिरी भाग हो। यसमा दायाँ-बायाँ गरेर बोसोयुक्त तन्तुले बनेका दुई पत्र हुन्छन्। यी ठूला भगोष्ठह रूलाई बाहिरतिर फर्काउनाले दुवैतिर एक-एक गरेर दुई साना भगोष्ठ देखिन्छन्। यही साना भगोष्ठले भित्री भगक्षेत्रलाई छोपेर राखेको हुन्छ र एक किसिमले सुरक्षा प्रदान गरेको हुन्छ। यी ठूला तथा साना भगोष्ठको छेउ माथि र तलतिर एक-अर्कामा जोडिएका हुन्छन्। यी भगोष्ठको आकृति व्यक्ति-व्यक्तिअनुसार एकदमै फरक-फरक हुन सक्छ। यी दुवै भगोष्ठ यौन संवेदनशील र उत्तेजनाका बेला सामान्य अवस्थाकोभन्दा केही ठूला हुन्छन्।
भगांकुर
महिला शरीरमा भएको यो नै सायद सबैभन्दा महत्त्वपूर्ण यौनअङ्ग हो। यो भगक्षेत्रको माथिल्लो भागतिर हुन्छ जहाँनिर भगोष्ठ दुवै तिरबाट एक-आपसमा जोडिन्छन्। यो अंगको काम महिलालाई यौनसुख दिनु नै भएको देखिन्छ। स्पर्श गर्दा वा यौन उत्तेजनाका बेलामा आकारमा तुलनात्मक रूपमा निकै सानो हुने भए पनि यो पुरुषको लिङ्गजस्तै उत्तेजित हुन्छ।
योनि
भगक्षेत्रमा दुईवटा द्वार प्वाल हुन्छन् र त्यसमध्ये पिसाब आउनेलाई मूत्रद्वार भनिन्छ, त्यसको मुनितिरको अर्को प्वाललाई योनिद्वार भनिन्छ। योनिद्वार भगक्षेत्रको बीचतिर हुन्छ। यो मांशपेशीले बनेको एकदमै लचिलो यस्तै ३-४ इन्च लामो मार्ग हो। सामान्य अवस्थामा यसका भित्ताहरू एक-अर्कासँग टाँसिएको अवस्थामा हुन्छन्। योनिद्वारनजिकै एकदमै पातलो छालाको झिल्ली हुन्छ, जसलाई योनिच्छेद हाइमेन भनिन्छ।


0 comments
प्रतिक्रिया दिनुहोस्...