-->
यही मञ्चबाट सरकार छोडेको घोषणा गर्न सक्छु – प्रचण्ड

काठमाडौं, ३१ बैशाख । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका लागि बाधक भए आफूले अहिलेको अहिल्यै सरकार छोडेको घोषणा गर्न तयार रहेको बताएका छन् ।शुक्रबार राजधानीको नाचघरमा आयोजित “बृहत शान्ति सम्झौता र युद्धकालिन मुद्धाहरप विषयक अन्तरक्रिया” कार्यक्रममा बोल्दै प्रचण्डले पार्टी सरकारमा भएका कारण एकिकरणमा बाधक भएको भए आफू अहिलेको अहिल्यै सरकार छोडेको घोषणा गर्न तयार रहेको बताए ।
प्रचण्डले भने, “किरण कमरेडले भने जस्तो सरकारमा गएर पार्टी एकतामा नगएको भए म यही मञ्चबाट सरकार छोडेको घोषणा गर्न तयार छू” । उनले माओवादी फुटेकै कारण कमजोर भएको भन्दै आफू पार्टी एकताका लागि जे सुकै गर्न पनि तयार रहेको बताए । प्रचण्डले जनयुद्धका क्रममा भएका भएका युद्धकालीन मुद्धा चलाउने भए शुरुमा आफूलाई चलाउन चुनौती दिएका छन् । प्रचण्डले युद्धकालीन मुद्धा बल्झाउन खोजे तत्कालीन प्रधानमन्त्री रहेका कांग्रेस सभापति शेरबहादुर देउवा देखिका सबै तानिने बताए ।
राजनीतिक क्रान्ति र विद्रोहका क्रममा भएका घटनालाई कुनै सामान्य फौजदारी अभियोगकोरुपमा लिन नसकिने भन्दै उनले अन्तराष्ट्रियरुपमा पनि युद्धकालीन घटनालाई विशेष संयन्त्रबाट टुङ्ग्याउने गरिएको उदाहरण दिए । नेपालको शान्ति सम्झौता दुनियाँका धेरै शान्ति सम्झौता भन्दा उदाहरणीय भएको भन्दै उनले आफूहरुले पनि युद्ध जित्न नसकेको र राज्यले आफूहरुको सम्हार गर्न खोजे पनि नसकेको बताए ।आफ्नो पार्टी सहित सबै माओवादी घटकहरु युद्धकालीन घटनाहरुलाई सत्य निरुपण तथा वेपत्ता छानविन आयोगबाट सल्टाउने पक्षमा रहेको भन्दै उनले सरकारलाई त्यसका लागि वातावरण बनाउन आग्रह गरे ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.