-->
फेरि गयो ६.७ रेक्टर स्केलको शक्तिशाली भुकम्प

इक्वेडर, ५ जेठ । इक्वेडरमा बुधबार ६.७ रेक्टर स्केलको भूकम्प गएको समाचार छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले सो जानकारी दिएको छ ।
इक्वेडरमा एक महिना अगाडी गएको ७.८ रेक्टर को भूकम्पपछि पुनः ६.७ रेक्टर स्केलको अर्को ठूलो भूकम्प गएको छ । एक महिना अघि गएको उक्त भूकम्पमा परी ६८० जना व्यक्तिको मृत्यु भएको थियो ।
स्थानीय समयाअनुसार बुधबार बिहान २ः५७ मा गएको यस भूकम्प ६.८ रेक्टर स्केलको मापन गरिएको इक्वेडर राष्ट्रिय भूगर्भिय संस्थाले पनि जानकारी दिएको छ ।
यस दक्षिण अमेरिकी राष्ट्रको पश्चिमी मनाबी क्षेत्र यो भूकम्पबाछ प्रभावित भएको बताइएको छ ।
यस भूकम्पको विस्तृत विवरण भने प्राप्त भएको छैन । भूकम्पबाट हालसम्म मानवीय र सपत्ती क्षतिको पनि कुनै समाचार प्राप्त भएको छैन् । नेपालीपत्र डट कमबाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.