-->
१८ बर्षदेखि हुन नसकेको मंसिरभित्र स्थानीय माघमा आम निर्वाचन गर्ने प्रधानन्त्रीको घोषणा

ढल्नै लागेको सरकार जोगिएपछि प्रधानमन्त्री केपी ओलीले १८ बर्षदेखि हुन नसकेको स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गरेका छन् । उनले आगामी कार्तिक मसिंरमा स्थानीय निकायको निर्वाचन हुने बताएका हुन् । प्रहरी प्रधान कार्यलयको निरीक्षण कार्यक्रममा बरिष्ठ प्रहरी अधिकृतहरुलाई निेर्दशन दिंदै प्रधानमन्त्री ओलीले भने– ‘कार्तिक-मसिरमा स्थानीय निकायको निर्वाचन हुन्छ । त्यसका लागि तयारी गर्न थाल्नुहोस ।’ उनले आगामी २०७४ माघ ७ गते भित्रमा आम निर्वाचन हुने पनि दावी गरे । एमाओवादीसंग भएको नौ बुंदे सहमती सरकारका काम कारबाहीलाई प्रभावकारी बनाउन सहयोगी हुने बताउदै उनले भने,‘९ बुंदे सहमति सरकारले काम गर्ने एग्रिमेन्ट पेपर हो ।’


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.