काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रचण्डको कानमै पुग्ने गरी एउटा सन्देश पठाएका छन् । सन्देश सुनेर प्रचण्ड निकै तिल्मिलाएका छन् ।
प्रचण्डलाई ओलीको सन्देश हो- बजेट पास हुनासाथ सरकारको नेतृत्व लिन्छु । ओली सरकार ढाल्न देउवाको आडमा प्रचण्डले कम्मर कसेपछि रातारात ९ बुँदे सहमति भएको थियो ।
सहमतिमा नलेखिएको दशौं बुँदा थियो-बजेट ल्याएपछि ओलीले राजिनामा दिने, प्रचण्ड प्रधानमन्त्री बन्ने ।
प्रचण्ड निकटहरुले बताएअनुसार प्रधानमन्त्री ओलीले बजेट ल्याएपछि जेठ २० गते राजीनामा दिने सहमति थियो ।
जेठ २० गते आउनै लाग्यो तर, ओलीले न राजीनामा दिने आँट छ, न प्रचण्डलाई सरकारको नेतृत्व दिने नै लक्षण छ ।
ओली सरकारले नेतृत्व नदिएर बेइमानी गरेको ठहर गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो विश्वासपात्र टिमसँग यसबारे परामर्श गरेका छन् ।
जेठ २० भित्र सरकार नछाड्ने भए कहिले सरकार छाड्ने त ? यो बारे प्रचण्डले ओलीको जवाफ माग्न आफ्ना पार्टीका केही नेताहरुलाई बालुवाटार पठाएका थिए ।
ओलीले उनीहरुलाई कुनै जवाफ दिएनन् । प्रचण्डजीसँगै कुरा गर्छु भनेर बालुवाटारबाटै फर्काए । त्यसपछि बजेट आए लगत्तै ओलीले प्रचण्डसँग वार्ता गरेको बुझिन्छ । साँघु साप्ताहिकमा खबर छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...