काभ्रे, १७ जेठ । काभ्रेमा एक विरामी पुरुषले झारफुक गर्न आएकी महिलाकै बलात्कार गरेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार झारफुक गर्न आएकी महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा शङखुपाटीचौर–३ डेरा गरी बस्ने ६६ बर्षीय बिलबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
तामाङले सोमबार झारफुक गर्न आएकी ३० बर्षीया महिलालाई जवरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
गोरखामा आफ्नै छोरीको बलात्कार
यसैगरी गोरखामा आफ्नै ९ बर्षीया छोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा गोरखा नगरपालिका–११ बस्ने ४४ बर्षीय बाबुलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पीडकले बालिकालाई जवरजस्ती करणी गर्ने गरेको भन्ने खबर प्राप्त भएपछि खटिएको प्रहरी टोलीले पीडितलाई सोधपुछ गर्दा विभिन्न किसिमका डर त्रास देखाई पटक–पटक जवरजस्ती करणी गर्दै आएको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...