बुटवल, १२ जेठ । अर्घाखाँची जिल्लाको हंसपुर गाविस वडा नम्बर ८ मा भारतीय नागरिकलाई नागरिकता दिलाउन सहयोग गर्ने ६० वर्षीया हिमकला भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
हिमकलाले आफ्नी छोरीलाई भारतीय नागरिकले भगाएको उजुरी दिएपछि नागरिकता दिलाउन उनैले नै सहयोग रहेको रहस्य खुलेका कारण पक्राउ गरिएको हो । रहस्य खुलेसँगै गाविस सचिव कमल पोखरेलले हिमकला भट्टराईविरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।
हिमकलाले आफ्नो कान्छो छोरो भनेर भारतीय नागरिकलाई सुरज भट्टराईको नाममा नागरिकता दिलाइ दिएकी थिइन् ।
घटनाले त्यति बेला नाटकीय रुप लियो जति बेला हिमकलाकी छोरी बेपत्ता भएकी थिइन् । नेपाली नागरिकता लिने भारतीय नागरिकका विषयमा पनि प्रहरीले खोजविन थालेको छ ।
प्रहरीले नागरिकता किर्ते गरेर नागरिकता लिएका विषयमा हिमकलासँग थप अनुसनधान सुरु गरेको जनाएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...