-->
पत्रकारको तलब ह्वात्तै बढ्यो, अब न्यूनतम १९ हजार ५०० पाउने

काठमाडौं, २३ वैशाख । सरकारले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक निर्धारण गरेको छ ।
विहीबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय मिडियाका श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक रु १९ हजार ५०० बनाउने निर्णय गरेको उद्योगमन्त्री सोम पाण्डेयले जानकारी दिए ।
यसअघि पत्रकारको न्यूनतम पारिश्रमिक १० हजार ५ सय थियो । नेपाल पत्रकार महासंघ र न्यूनतम पारिश्रमिक निर्धारण समितिको पहलमा आपैचारिक रुपमै एकैपटक ९ हजारले नेपाली पत्रकाहरुको तलब बढेको हो ।
त्यस्तै न्यूनतम पारिश्रमिकका रुपमा राष्ट्रिय मिडियाका श्रमजीवी कर्मचारीको रु १४ हजार ४००, सञ्चार प्रतिष्ठानका श्रमजीवी पत्रकारको रु १४ हजार १०० र आमसञ्चार प्रतिष्ठानका श्रमजीवी कामदार कर्मचारीको रु १२ हजार ५०० निर्धारण गरिएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.