काठमाण्डु, ५ जेठ – विश्वकै सबै भन्दा नवीनतम तथा अग्रणी पोषण कार्यक्रमका रुपमा सुआहार (एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रम) ठहर भएको छ ।
अमेरिकाको टफ्ट्स विश्वविद्यालयका पोषण विज्ञ प्राडा प्याट्रिक बेबले नेपालका सञ्चालित सुआहारको कार्यक्रमको प्रतिफलका बारेमा गरेको अध्ययनमा सो पुष्टि भएको हो ।
अमेरिकी अन्तर्राष्ट्रिय विकास सहयोग नियोग९युएसएड)को आर्थिक प्राविधिक सहयोगमा ‘सेभ दि चिल्डे«न’ले सन् २०११ देखि सो कार्यक्रम विभिन्न ४१ जिल्लामा सञ्चालन गर्दै आएको छ ।
कार्यक्रमका मुख्य उपलब्धिका बारेमा सार्वजनिक गर्न आयोजित कार्यक्रममा खानेपानी, विशेषगरी कुखुरापालन, घरायसी बगैँचा र परिवार नियोजनका क्रियाकलापमार्फत पोषणमा सुधार ल्याउन सुआहारा नवीनत देखिएको जानकारी दिइयो ।
पाँच वर्षको अन्तरालमा पाँच करोड ७० लाख अमेरिकी डलर बराबरको रकम सो कार्यक्रमले खर्च गरेको थियो । विशेषगरी गर्भवती महिला र दुईवर्ष मुनिका बालबालिकाको पोषणस्थितिमा सुधार ल्याउन कार्यक्रमले सकारात्मक व्यवहारमा परिवर्तन ल्याएको कार्यक्रममा जानकारी दिइयो ।
प्राडा बेबले गरेको अध्ययनमा सो कार्यक्रमको प्रतिफल स्वरुप मापदण्ड अनुसारको खाना प्राप्त गर्ने ६ महिनादेखि २३ महिनाको बालबालिकाको वृद्धि भई ५९ प्रतिशत पुगेको, बच्चा जन्मेको एक घण्टाभित्र स्तनपान गराउने कार्य ७३ प्रतिशत पुगेको, १२१ गाविसमा खुला दिसामुक्त घोषण गर्न सफल भएका, स्वास्थ्य सेवामा बालबच्चा जन्माउने कार्य ६८ प्रतिशत पुगेको र खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी व्यवहारको ज्ञानमा वृद्धि भएको देखिएको थियो ।
सुआहार कार्यक्रमबाट ती जिल्लाका ४१ लाख प्रत्यक्ष लाभान्वित भएका थिए । सरकारले कार्यक्रमको उपलब्धिलाई ध्यान दिँदै दोस्रो चरणको कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्रदान गरेको छ ।
‘सात प्रदेशमा ट्रमा सेन्टर स्थापना गरिने’
स्वास्थ्यमन्त्री रामजनम चौधरीले कार्यक्रमलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम रहेका स्वास्थ्य क्षेत्रका कार्यक्रमलाई कार्यान्वयन गर्न बजेट वक्तव्यमा बजेट विनियोजन गरिने जानकारी दिए ।
उनले सातवटै प्रदेशमा एक÷एक ट्रमा सेन्टर (दुर्घटनामा परी घाइते तथा चोटपटक लागेकाको उपचार गर्ने अस्पताल) स्थापना गरिने, पूर्व र पश्चिममा एक÷एक क्यान्सर अस्पताल स्थापना गरिने, महिला स्वास्थ्य स्वयम्सेविकालाई निःशुल्क उपचार तथा बिमा कार्यक्रम बजेट वक्तव्यमा आउने बताए ।
स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठले जनताको सबै स्वास्थ्य सेवा विस्तारै राज्यले जिम्मा लिने नीति मन्त्रालयले लिएको जानकारी दिँदै कैलाली, इलाम र वागलुङमा यही जेठ १ गतेदेखि लागू भएको स्वास्थ्य बिमा कार्यक्रममा जनताको सहभागिता उत्साहप्रद रहेको बताए ।
राष्ट्रिय योजना आयोगका शिक्षा र स्वास्थ्य हेर्नुहुने सदस्य प्राडा गीताभक्त जोशीले आमा र बालबालिकाको स्वास्थ्य र पोषणमा सुधार ल्याउन सरकारले बहुक्षेत्रीय पोषण योजना कार्यन्वयन गरिराखेको चर्चा गर्दै सुआहारको प्रतिफल र उपलब्धि सकारात्मक देखिएको छ भने ।
बालस्वास्थ्य महाशाखाका प्रमुख डा राजेन्द्र पन्तले गर्भवती भएपछि शिशु दुईवर्ष नहुञ्जेलसम्म पोषणको विशेष महत्व हुने हुँदा स्वास्थ्य मन्त्रालयले गर्भवती महिलालाई ध्यानमा राखी विशेष कार्यक्रम सञ्चालन गरिराखेको बताए ।
सुआहार कार्यक्रमका उपप्रमुख पुजा पाण्डे राणाले विशेष गरी गर्भवती महिला र दुई वर्षमुनिका बालबालिकाको पोषणस्थितमा सुधार ल्याउन कार्यक्रम नमुना बनेको चर्चा गर्दै यसले स्थानीयस्तरको आनिबानिमा सुधार आएको बताए ।
अमेरिकी अन्तर्राष्ट्रिय विकास सहयोग नियोगका अन्तर्राष्ट्रिय कार्यक्रम उपाध्यक्ष डाइला के मेयरस र कामु मिसन निर्देशक एमी टोहिल स्टुलले पहिलो चरणको सुआहारका कार्यक्रमबाट सिकेका उपलब्धिलाई ध्यान दिँदै दोस्रो चरणको कार्यक्रम कार्यन्वयनमा आउने जानकारी दिए ।
‘सेभ दि चिल्डे«न’का नेपाल निर्देशक डेलाइलाह बोरजाले सामाजिक र आर्थिक समृद्धिका लागि पोषण सुधारमा ध्यान दिनुपर्छ भने ।


0 comments
प्रतिक्रिया दिनुहोस्...