सरकारले आर्थिक वर्ष २०७३÷७४ को वजेटमा सन् २०१८ मा हुने १३ औँ सागलाई उच्च प्राथमिकताका साथ राखि वजेट विनियोजन गरेको छ । त्यस्तै सातौ राष्ट्रिय खेलकुका लागि २० करोड रकम विनियोजन गरेको छ ।
शनिवार व्यवस्थापिका संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको वजेटमा खेलकुद क्षेत्रलाई उचित महत्व दिई वजेट विनियोजन गरिएको छ । काठमाण्डौको मुलपानी, भैरहवा, धनगढीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान वनाउन वजेट विनियोजन गरेको छ ।
यी ठाउँहरुम तीन वर्षभित्रै क्रिकेट रंगशाला निर्माण गरिसक्ने सरकारले लक्ष्य लिएको छ । यसैगरी झापाको लखनपुर र काठमाण्डौमा आगामी वर्षदेखि नै अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणको काम सुरु गर्ने गरी काम थाल्न वजेट विनियोजन गरिएको छ ।
त्यस्तै देशको ७५ ओटै जिल्लामा प्रत्येक वर्ष राष्ट्रपति रनिङ शिल्ड सञ्चालन गर्न आवश्यक वजेटको समेत व्यवस्था गरेको छ । प्रस्तावित प्रत्येक प्रदेशमा कम्तिका एउटा अन्तर्राष्ट्रिय स्तरको कवड हल वनाउने समेत सरकारले उच्च प्राथमिकता दिएको छ ।
यसअघि सरकारले सार्वजनिक गरेका नीति तथा कार्यक्रममा समेत खेलकुद क्षेत्रको उत्थान गर्ने सरकारको तयारी थियो । यसरी स्थानीय स्तरवाट नै खेलाडीलाई उच्च प्रोत्साहनका साथ सहभागि गराउन विनियोजित वजेट कार्यान्वयन हुन आवश्यक छ ।
यदि सरकारले खेलकुद क्षेत्रमा विनियोजित वजेट कार्यान्वयन भएको खण्डमा नेपालको खेलकुदले ठूलो फड्को मार्ने निश्चित छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...