-->
भारतीय मिडियाको हेडलाइन्- नेपाली कांग्रेस भारत समर्थक पार्टी सभापति देउवाले भाषणले दिल्लीमा नयाँ तरंग

काठमाडौं, २८ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भारत समर्थक पार्टी भएको दाबी गरिएको छ ।
भारतीय कम्पनीलाई दिने तयारी गरिएको काठमाडौं–तराई फास्ट ट्रयाक प्रोजेक्ट नेपाल सरकारले आफ्नै लगानीमा बनाउने भनेर गरेको निर्णयमा मंगलबार सभापति शेरबहादुर देउवाले संसदमै आपत्ति जनाएपछि भारतीय सञ्चारमाध्यमले कांग्रेसलाई भारत समर्थक दल भनेका हुन् ।
भारतीय रिपोर्टर हरुले समाचार, लेख तथा सम्पादकीय लेख्दै पछिल्लो समय नेपालमा भारतविरोधी भावना निकै बढेको र कांग्रेस मात्रै भारतको पक्षमा उभिएको उल्लेख गरेका छन् ।
उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले चाइना कार्ड खेलेको र सबै वामपन्थीहरु चीनकै समर्थनमा रहेको भन्दै भारतलाई साथ दिने पार्टी नेपालमा अहिले कांग्रेसमात्रै भएको टिप्पणी गरेका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.