-->
चीनले गर्यो अर्काे चमत्कार, बनायो हतियार चलाउने ‘रोबोट सिक्योरिटी गार्ड’

काठमाडौं, १७ वैशाख । चीनले सुरक्षा उपकरणहरुको विकासमा नयाँ वस्तु निर्माण गरेर चमत्कार गरेको छ ।
उसले एउटा यस्तो पहिलो रोबोट सिक्योरिटी गार्ड बनाएको छ जसमा हतियार लाग्छ । यो रोबोटको विशेषता भनेको यो इन्टेलिजेन्ट भिडियो एनालिसिसका माध्यमबाट हतियारको प्रयोग गर्न सक्छ ।
‘न्यूजवीक’ को रिपोर्टअनुसार एनबोट चीनको पहिलो इन्टलीजेन्ट सिक्योरिटी रोबोट हो । चीनको सरकारी पत्रिका पीपुल्स डेलीका अनुसार यसलाई नेशनल डीफेन्स यूनिवर्सिटीले निर्माण गरेको हो । १.४९ मिटर उचाई र ७६ किलोग्रामको यो मेसिनको गति (स्पीड) १८ किलोमिटर प्रतिघण्टा हुनेछ । यसमा यस्ता सेन्सर्स लगाएका छन कि जसले मानव मस्तिष्क, आँखा र कानकै जसरी काम गर्नसक्छ ।
यसलाई भर्खरैमात्र चान्गकिंग हाई टेक फेयरमा सार्वजनिक गरिएको थियो । युद्धका क्रममा यो रोबोटको प्रयोग निकै सुरक्षित मानिने चिनियाँ सेनाको विश्वास छ । यसले अशान्ति भैराख्ने र हिंसा भएको ठाउँमा पेट्रेलिंग गस्ती सजिलै गर्नसक्छ । र आफ्ना अवरोधको सामना गर्नसक्छ । यसलाई रिमोट कन्ट्रोलका माध्यमबाट प्रयोग गरिन्छ ।
समाजमा हुने दंगा नियन्त्रणमा यसको मूख्य भुमिका हुने चिनियाँ अधिकारीहरुले बताएका छन् । यसको निर्माणसँगै दंगा भएको ठाउँमा प्रहरीको आवश्यकता पर्नेछैन् । प्रहरीले यसलाई रिमोटबाट कन्ट्रोल मात्रै गर्नुपर्नेछ ।
तपाईको प्रतिक्रिया


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.