-->
‘आन्दोलन लम्ब्याउन नसकेपछि भारतले नाका खोल्यो’

काठमाडौं: प्रधानमनत्री केपी शर्मा ओलीले भारतले मधेस आन्दोलन लम्ब्याउन नसक्ने भएपछि नाकाबन्दी खोलेको खुलासा गरेका छन् ।
मंगलबार शुरु भएको पार्टीको पोलिटब्युरो बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै ओलीले यस्तो खुलासा गरेका हुन्।
‘अन्तर्राष्ट्रिय जगतको ब्यापक आलोचना, आफ्नै देशभित्रको चर्को दबाब, मधेस आन्दोलनलाई थप लम्ब्याउन नसकिने यथार्थबोध आदिका कारण भारत सरकारले आफ्ना नीतिहरुको पुनरावलोकन गर्दै अघोषित नाकाबन्दीलाई अघोषितरुपमै हटायो’ बैठकमा पेश गरेको राजनीतिक प्रतिवबेदनको तेस्रो पेजको अन्तिम हरफमा उल्लेख गरेका छन् ।
कुनै पनि मुलुकको आन्तरिक मामलामा अनुचित चासो र हस्तक्षेप बान्छनीय नहुने भन्दै प्रधानमन्त्री ओलीले संविधान जार गरेपछि भारतले अनावश्यक चासो राखेको उल्लेख गरेका छन्।
उनले नाकाबन्दीको बिषयमा अन्तर्राष्ट्रिय जगतको ध्यानकर्षण गराएको तथा भारत भ्रमणपछि सम्बन्धमा सुधार आएको उनले उल्लेख गरेका छन् । संविधान निर्माण कुनै पनि सार्वभौम मुलुकको आन्तरिक मामिला र सम्पूर्णरुपमा उसको स्वतन्त्र निर्णयको बिषय भएको उल्लेख गर्दै ओलीले त्यसमा अनुचित चासो र हस्तक्षेपलाई बान्छनीय र ग्राह्य नहुने उल्लेख गरेका छन ।
पार्टी अध्यक्षको हैसियतले प्रतिवेदन पेश गर्दै ओलीले नाकाबन्दीले राष्ट्रिय स्वाधीनतालाई चुनौती दिएपनि त्यसको बिरोधमा सिंगो राष्ट्र एकताबद्ध भएको पनि प्रतिबेदनमा उल्लेख गरेका छन् ।
यस्तो संकटको बेलामा देशमा देखिएको अभुतपूर्ण एकतालाई आफूले अमूल्य पूँजीकारुपमा संस्मरण गर्ने बताएका छन्।
प्रधानमनत्री ओलीले आफूले छिमेकी भारत र चीनमा गरेको भ्रमणले नेपालको अन्तर्राष्ट्रिय सम्बधमा नयाँ आयाम शुरु गरेको पनि जनाएका छन्।
आफूले गरेको भारत भ्रमणबाट नेपालको संविधान घोषणापछि शुरु भएको असमझादारी र तिक्ततालाई अन्त्य गर्न र परिवर्तित सन्दर्भमा नेपाल भारत सम्बन्धलाई समान्यीकरण गर्दै नयाँं उचाईमा विकासित गर्न आधार पहिल्याउन सफल भएको उनको जिकिर छ ।
उनले भारतसग नेपालमा जारी संविधानबारे रहेका भ्रम चिर्नसमेत सफल भएको जनाउँदै भारत र चीन भ्रमणका क्रममा भएका विभिन्न सम्झौतालाई प्रधानमनत्री ओलीले महत्वपूर्ण उपलब्धी भनेका छन्।
ओलीले सार्वभौम समानता, पारस्परिक लाभ अहस्तक्षेपका सिद्धान्तमाथि आधारित विदेश सम्बन्धका पक्षमा पार्टीलाई उभ्याएका छन् ।
छलफलका लागि पेश गरको १२ पृष्ठ लामो प्रतिवेदनमा ओलीले अहिलेको सरकारको काँंधमा ऐतिहासिक जिम्मेवारी आएको दाबी गर्दै कांग्रेस भद्र सहमतिबाट पछाडि हटी इमानमा टिक्न नसकेको आरोप लगाएका छन्।
उनले संविधान घोषणा गर्ने बेलनै धर्मराएको कांग्रेस सरकार गठनका बेला बिचलित हुन पुगेको बताएका छन् । प्रतिवेदनमा कांग्रेसले दलहरुबीचको एकतालाई तोडन चाहने विभिन्न शक्तिकेन्द्रलाई खुशी पार्दै प्रधानमन्त्रीको निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएको आरोप लगाएका छन् ।
ओलीले आगमी सरकार संचालनमा पार्टी र सरकाको भूमिका, पार्टी निर्माण र संगठन परिचालन, पार्टीको कार्यदिशा र पार्टी निर्माण र विभिन्न निकायमा गर्नुपर्ने मनोनयनका सन्दर्भमा छलफलको आग्रह गरेका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.