-->
ट्वेन्टी–ट्वेन्टी विश्वकप : अन्तिम ओभरको ६, ६, ६ र ६ ले जितायो

चैत २२ – ६ बल अर्थात अन्तिम ओभरमा १९ रन बनाउनु पर्ने अवस्थामा लक्ष्य पछ्याउँदै ब्याटिङ गर्ने टोलीलाई लगभग खेल गुमाइयो जस्तै हुन्छ । तर आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत भारत कोलकाताको इडेन गार्डेन मैदानमा वेष्ट इन्डिजका कार्लोस ब्रेगवेटले यसलाई उल्ट्याए । इंग्ल्याण्डले प्रस्तुत गरेको एक सय ५६ रनको लक्ष्य पूरा गर्न वेष्ट इन्डिजलाई अन्तिम ओभरमा १९ रन चाहिएको थियो । वेष्ट इन्डिजका ब्रेगवेटले अन्तिम ओभरमा इंग्ल्याण्डका बेन स्टोक्सले हानेका सुरुका चार बलमा लगातार छक्का प्रहार गरे । सुरुका तीन बलमा छक्का प्रहार गरेर ह्याट्रिक पूरा गर्दा वेष्ट इन्डिजलाई जितका लागि एक रन चाहिएको थियो भने तीन बल बाँकी थियो । चौंथो बलमा पनि ब्रेनवेटले छक्का प्रहार गरेपछि वेष्ट इन्डिजले दुई बल बाँकी हुँदा ६ विकेटको क्षतिमा एक सय ६१ रन बनाउँदै नतिजा आफ्नो पक्षमा पार्यो र दोस्रो पटक ट्वेन्टी–ट्वेन्टी विश्वकपको उपाधि उचाल्ने पहिलो टोली बन्यो । ब्रेनवेट आठौं नम्बरमा ब्याटिङमा आएका थिए । त्यस बेला वेष्ट इन्डिजले १६ औं ओभरमा ब्याटिङ गरिरहेको थियो । ६ विकेट गुमाएर एक सय सात बनाएको टिमका लागि बाँकी २७ बलमा ४९ रन बनाउनु पर्ने थियो । कुल १० बल ब्याटिङ गरेका ब्रेनवेटले नटआउट ३४ रन बनाए । तर अन्तिम ओभरमा चार छक्काको मद्दतमा बनाएको २४ रन जितका लागि महत्वपूर्ण बन्यो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.