-->
आन्दोलनरत बैदेशिक रोजगार व्यवसायीहरु लुकीलुकी मान्छे उडाउँदै

सरकारले लागु गरेको फ्रिभिषा र फ्रि टिकटको विरोधमा आन्दोलनमा उत्रिएका बैदेशिक रोजगार व्यवसायीहरु लुकीलुकी बिस्तारी काममा फर्किएका छन् ।
फागुन २३ गतेबाट पुर्व श्रम स्वीकृतिका लागि व्यवसाय खुलाउने निर्णय गरेका व्यवसायीहरुले भटाभट मान्छे विदेश उडाइरहेका छन् ।
आन्दोलनका नाममा कामै ठप्प पार्दा आम्दानीको ठुलो हिस्सा गुम्ने भयले व्यवसायीहरु काममा फर्किएका हुन् ।
केही महिनादेखि कामकाज रोकेर आन्दोलनमा उत्रिएका वैदेशिक रोजगार व्यवसायीहरुले पुर्वश्रम स्वीकृतिका नाममा भटाभट नयाँ स्वीकृति लिदैं मान्छेहरु बिदेश पठाइरहेका छन् । बैदेशिक रोजगार विभागको कार्यालयले कुनै पनि दिन श्रम स्वीकृतिका कामहरु नरोकिएको जानकारी दिएसंगै उनीहरुको काम चालू रहेको रहस्य खुलेको हो ।
वैदेशिक रोजगार विभाग कार्यलयका अनुसार फागुन २३ गतेदेखि पुर्व श्रम स्वीकृतीका लागि म्यान पावर खुलाउने भएपछि धमाधम श्रम स्वीकृति लिनेहरुको संख्या ह्वातै बढेको छ । जसअनुसार मेनपावर व्यवसायीको आन्दोलन सुरु भएयता संस्थागत मेनपावर तर्फ ४ हजार २९ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।
जसमा दुई सय ८६ महिला छन भने व्यक्तिगततर्फ १३ हजार नौ सय ८९ जनाले श्रम स्वीकृति लिएको कार्यालयले जनाएको छ । आन्दोलनकाबीच पनि श्रम स्वीकृतीका कामकारबाहीहरु सञ्चालन भईरहेको छ । यता बैदेशिक रोजगार व्यवसायीहरुले पुर्व स्वीकृतीका लागि मात्र व्यवसाय खुलेको दाबी गरिरहेका छन ।
पुरानै श्रम स्वीकृतीका लागि मात्रै व्यवसाय खुलेको तर पछिल्ला नँया श्रम स्वीकृतीका भने कुनैपनि काम नभएको बैदेशिक रोजगार संघका अध्यक्ष विमल ढकालले बताउनुभयो ।
अध्यक्ष ढकालले श्रम स्वीकृति जारी गर्ने वैदेशिक रोजगार विभागको नियमित काम भएको बताउनुभयो । उँहाले म्यान पावर व्यवसायीहरु अझैपनि आन्दोलनमै रहेकाले नँया स्वीकृतीका कुनै पनि कामकारबाहीहरु नभएको दाबी गर्नुभयो । म्यानपावर व्यवसायीका लागि सरकारको मातहतमा रहेको श्रम मन्त्रालय निकै नै सकारात्मक भएको र चाडैँ नै व्यवसायीहरुको हितमा योजनाहरु आउनेमा अध्यक्ष ढकाल विश्वस्त हुनुहुन्छ ।
यसरी ठप्प प्राय नै पारेका व्यवसायीहरुले अचानक पुर्व श्रम स्वीकृतीको काम गर्न भन्दै म्यानपावर खुलाएकाले बैदेशिक रोजगारीमा जानेहरुलाई सहज त बनाएको छ । आन्दोलनको नाटक गरेर सरकारलाई धम्की पनि दिने र लुकी लुकी व्यवसाय पनि सञ्चालन गर्नु चाँही सही तरिका होइन ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.